Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टोपबहादुर–बादल सम्बन्ध खोज्दै प्रहरी


१, जेठ २०८०
  • 117
    SHARES
  • टोपबहादुर–बादल सम्बन्ध खोज्दै प्रहरी

    काठमाण्डौं । प्रहरीले पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ गरेपछि पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलसँगको सम्बन्धको जालो खोज्न थालेको छ । यसअघि आर्थिक र नीतिगत रुपमा कुनै पनि कनेक्सन नभेटिएकाले उनको विषयमा मौन बसेको प्रहरीले आइतबार साँझबाटै बादलसँगको कनेक्सन खोज्न थालेको हो । 

    बादलका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी यतिबेला फरार रहेका छन् । रायमाझीको पक्राउले प्रहरीलाई उनीहरुबीचको सम्बन्ध सम्पर्क खोज्न सहज भएको हो । पुरानो पार्टी माओवादी केन्द्रमा पनि सँगै रहेका र बादल गृहमन्त्री भएपछि पनि टोपबहादुर रायमाझीको हिमचिम बढी नै रहेका कारण उनीहरुबीच कुनै आर्थिक लेनदेन भएको छ वा नीतिगत तहमा पनि बादलको संलग्नता रहेको छ कि भनेर प्रहरीले अनुसन्धान शुरु गरेको छ । 

    अहिलेसम्म बादललाई भेटेर यस्तो गरेका थियौँ भन्ने बयान छैन, छोरालाई, सल्लाहकारलाई भेट्यौँ उनीहरुले सबै मिलाउँछौँ भनेका थिए, मिलाउन सकेनन् भन्ने मात्रै छ, रायमाझीको बयानबाट केही आधार पाइन सक्छ’, अनुसन्धानमा संलग्न रहेका एक प्रहरीले भने । अनुसन्धानमा रहेका प्रहरी अधिकारीहरुले नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमै रायमाझीको संलग्नता रहेको र नीतिगत तहमै रायमाझी संलग्न रहेको बताउँदै आएका छन् । 

    गिरोहको राय सल्लाहमा छुटेका भुटानी शरणार्थीहरुको विवरण संकलन गर्न र त्यसका लागि कार्यदल गठन गर्न सहयोग गरेको रायमाझीलाई आरोप छ । पूर्व गृहमन्त्री बादलले छोरालाई पक्राउ पुर्जी जारी गर्दा पनि केही बोलेका छैनन् । उनी यो विषयमा शुरुआतदेखि नै मौन रहेका छन् । 

    बादलको सचिवालयमा रहेका इन्द्रजित राई पक्राउ परिसकेका छन् भने छोरा प्रतिकविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको छ । उनी फरार रहेका छन् । ‘छोरा फरार हुँदा पनि बादलले कुनै धारणा सार्वजनिक गरेका छैनन्’, उनी निकट रहेका एक नेताले भने ‘बादललाई यस्तो रुची छैन बरु छोरा श्रीमतीबारे भन्न सकिन्न ।’

    रायमाझीले कार्यदल गठन गराएवापत करोडौँ रुपैयाँ लिएको र त्यसको भिडियोसमेत रहेको प्रहरीले दाबी गरेको छ । प्रहरी स्रोतका अनुसार गिरोहका सदस्य सानु भण्डारीले सो भिडियो प्रहरीलाई उपलब्ध गराएको बताइए पनि बाहिर सार्वजनिक गरिएको छैन । प्रतिनिधि सभा सदस्यसमेत रहेका उनलाई प्रहरीले आइतबार साँझ काठमाण्डौँको बूढानीलकण्ठबाट विशेष व्यूरोले पक्राउ गरेको हो । बूढानीलकण्ठको पासीकोटस्थित अर्घाखाँचीका कार्यकर्ता नारायण पौडेलको घरमा बसेको बेला उनलाई प्रहरीले पक्राउ गरेको हो । 

    नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले उनीविरुद्ध बैशाख २० मा पक्राउ पुर्जी वारेन्ट जारी गरेको थियो ।  त्यससता फरार रहँदै आएका उनलाई आइतबार भने प्रहरीले पक्राउ गर्न सफल भएको थियो । शनिबार राति काठमाडौँ आएका उनलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको थियो । 

     

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend