Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि काठमाडौं महानगर छनौट


२, साउन २०८०
  • 107
    SHARES
  • ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि काठमाडौं महानगर छनौट


    काठमाडौं । काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि छनौट भएको छ । स्वीट्जरल्याण्डको लुगानो शहरमा नोभेम्बर ३ देखि ५ तारिखसम्म कार्यक्रम आयोजना हुने छ । आयोजकले उक्त अवार्ड कार्यक्रममा काठमाडौं महानगर पनि छनोटमा परेको पत्र महानगरलाई पठाएको छ ।

    ‘पर्यटन क्षेत्रका वैज्ञानिक पेशाकर्मीहरुको निर्णायक समितिले अवार्डका लागि छनौट गरेको हो । यस क्षेत्रका आयामिक पक्षलाई आम जनताबीच परिचित गराउने, पर्यटन गन्तव्यहरूको विशिष्टतालाई प्रवद्र्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौं,’ आयोजकले महानगरलाई पठाएको पत्रमा उल्लेख छ ।

    यो अवार्ड कार्यक्रम विगत १५ वर्षदेखि सञ्चालन हुँदै आइरहेको छ । अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका) ले आवेदन दिन सक्छन् ।आवेदकमध्येबाट निश्चित संख्यामा अवार्डका लागि मनोनयन गरिन्छ ।

    अवार्ड कार्यक्रममा स्वीट्जरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ । यस्तै सम्मानित हुने शहरमा पर्यटनको मूल्य र पेशाका विषयमा चर्चा गरिन्छ । स्थानीय तहका अधिकारी, सम्मानित संस्थाका अधिकारी तथा प्रतिनिधि, गन्तव्य प्रवर्धक कार्यंक्रममा सहभागी हुनेछन् ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend