Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छ : प्रधानन्यायाधीश राउत


७, फागुन २०८१
  • 143
    SHARES
  • वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छ : प्रधानन्यायाधीश राउत

    काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने बताएका छन् ।

    बुधबार काठमाडौँमा आयोजित नेपाल कानुन पत्रिका (पुरानो अंक), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    प्रधानन्यायाधीश राउतले ऐतिहासिक धरोहरलाई संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको बताए । उनले ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ भएको उल्लेख गरे । उनले यिनै धरोहरबाट भविष्यको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्ने बताए ।

    उनले भने, ‘यदि वर्तमानलाई समृद्ध बनाउनु छ भने हरेकले आफ्नो इतिहास बचाउनुपर्छ । ऐतिहासिक धरोहरलाई संरक्षण र संवर्द्धन गर्नुपर्छ । ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ हुन् । यिनै धरोहरबाट भोलिको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्छ ।’

    सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालमा कानुनको पालना गराउने र कानुनी सर्वोच्चताको वकालत गर्ने संस्थाहरू कमजोर बन्दै गएको बताए । अदालत जस्ता संस्थालाई बलियो बनाउन राजनैतिक प्रतिबद्धता पनि कमजोर रहेको उनको जिकिर छ ।

    यस्तो खालि अवस्थालाई बदनियत राख्नेहरूले प्रयोग गर्नसक्ने खतरा रहेको उनको भनाइ छ ।  कानुनी प्रणाली बलियो बनाएर मात्र जग बलियो हुने भन्दै उनले जग बलियो कसरि बनाउने भन्ने विषय इतिहासबाट सिक्न सकिने बताए ।

    नेपाल कानुन पत्रिका (पुरानो अंक), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले ढिलो भएपनि इतिहासको अभिलेख गर्ने काम सुरु हुनु खुसीको कुरा भएको बताए ।  

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend