Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल स्टक एक्सचेन्ज लिमिटेडको (सिईओ) का लागि दरखास्त आह्वान


१२, फागुन २०८१
  • 142
    SHARES
  • नेपाल स्टक एक्सचेन्ज लिमिटेडको (सिईओ) का लागि दरखास्त आह्वान

    काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ ।

    प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले इच्छुक नेपाली नागरिकले फागुन १८ गतेभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौँमा आवेदन दिन तथा आवेदनसाथ गोप्य खामवन्दीमा व्यावसायिक कार्ययोजना समेत पेस गर्नु सूचना प्रकाशित गरिएको हो ।

    धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ क बमोजिम यस पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव हुनुपर्नेछ । यसका साथै कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।

    आवेदन तथा सिफारिस प्रक्रिया सम्बन्धी विस्तृत विवरण अर्थ मन्त्रालयको वेबसाइट www.mof.gov.np मा प्रकाशित “नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१” मा उपलब्ध रहेको छ ।

    यो सूचना बमोजिम प्राप्त भएका आवेदनलाई सिफारिस समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ । कुनै आवेदकले झुट्टा विवरण वा कागजात पेस गरेमा त्यस्तो आवेदन रद्द हुनुका साथै प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।

    ex_JD986F6Yav.jpg

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend