Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अपराध अनुसन्धान, अभियोजन गर्ने कुरामा सम्बन्धित क्षेत्र संवेदनशील हुनुपर्दछ : न्यायाधीश सुवेदी


१३, फागुन २०८१
  • 238
    SHARES
  • अपराध अनुसन्धान, अभियोजन गर्ने कुरामा सम्बन्धित क्षेत्र संवेदनशील हुनुपर्दछ : न्यायाधीश सुवेदी

    कर्णाली । सर्वोच्च अदालतका न्यायाधीश तथा केन्द्रीय न्याय क्षेत्र समन्वय समितिका सदस्य शारङ्गा सुवेदीले नागरिकलाई न्यायको अनुभूति दिलाउने गरी काम गर्नु राज्यको दायित्व भएको बताएकी छन् ।

    सर्वोच्च अदालतद्वारा मङ्गलबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘उच्च अदालत सुर्खेतमा सञ्चालित जिल्ला तथा उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको काम कारबाहीको प्रभावकारितामाः केन्द्रीय न्याय क्षेत्र समन्वय समितिको भूमिका’ विषयक एक दिवसीय अन्तक्र्रिया कार्यक्रममा उनले न्याय ढिलो दिनु भनेको न्याय नदिनुजस्तै भएको बताइन । राज्यका सेवा प्रदायक निकायहरु एक अर्काको काम गर्ने तवर तरिकाले नागरिकहरुमा कस्तो प्रभाव परेको छ भन्नेबारे छलफल गर्ने उद्देश्यले अन्तक्र्रिया कार्यक्रम गरेको उनको भनाइ थियो ।

    न्यायाधीश सुवेदीले भनिन, “गलत हामी सबैका छन् । न्याय क्षेत्र समन्वय समितिमा बसेर त्यहाँ भएका कमीकमजोरीको सूक्ष्म अध्ययन गरौँ र सुधार कसरी गर्न सकिन्छ त्यो पनि हेरौँ अनि समस्याको समाधान निस्किहाल्छ नि । अपराध अनुसन्धान, अभियोजन गर्ने कुरामा सम्बन्धित क्षेत्र संवेदनशील हुनुपर्दछ ।”

    अन्त्यमा फैसला गर्ने काम अदालतको भए पनि त्यसको अनुसन्धान, अभियोजन गर्ने निकायले सत्यतथ्यमा आधारित भएर प्रमाण जुटाउनुपर्ने भन्दै न्यायाधीश सुवेदीले राज्यका प्रतिनिधिले मान्छेलाई थुनामा राख्दा त्यसको औचित्यता प्रष्ट गर्नुपर्ने बताइन । आरोप लाग्ने बित्तिकै आत्मसम्मान गुम्ने र उनीहरुको अधिकारको ख्याल नगर्ने गरी काम गर्न नहुनेमा उनको जोड थियो ।

    उच्च अदालत न्याय क्षेत्र समन्वय समितिका अध्यक्ष तथा उच्च अदालत सुर्खेतका कायममुकायम न्यायाधीश कृष्णलाल भट्टराईले फौजदारी अपराधसँग सम्बन्धित घटनामा निष्पक्ष अनुसन्धान हुनपर्ने बताए । सर्वसाधारणलाई न्यायमा पहुँच हुने गरी राज्यले काम गर्नुपर्ने भन्दै उनले लगत फछ्र्योट समितिलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए । न्याय सम्पादनमा भने न्यायिक निकायले नागरिकमैत्री भूमिका निर्वाह गर्नुपर्नेमा उनको सुझाव थियो ।

    जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालले न्यायिक कार्य सम्पादन गर्नेहरुले निर्णय मात्र नदिई न्याय दिने काम गर्न आग्रह गरे । फैसला कार्यान्वयन अदालतको काम मात्र नभई राज्यका तोकिएका संयन्त्रहरुले प्रभावकारी रुपमा गर्नुपर्ने जनाए । आफूहरु भने न्यायिक श्रीवृद्धिका लागि अगाडि बढेको न्यायाधीश ढकालको भनाइ थियो ।

    वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ढिलो न्यायले नागरिक मात्र नभई सरकार पनि अन्याय पर्ने धारणा व्यक्त गरिन । उनले न्यायिक निरुपण समयमै हुन सकेमात्र नागरिकलाई न्यायको अनुभूति हुने बताइन । उक्त कार्यक्रममा मालपोत तथा नापी कार्यालयका प्रमुख, सरकारी वकिल, अधिवक्तालगायतका कानुन व्यवसायीको सहभागिता रहेको थियो । - रासस

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend