Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नवलपुरमा नयाँ उद्योग खुल्ने दरमा कमी


२, साउन २०८०
  • 236
    SHARES
  • नवलपुरमा नयाँ उद्योग खुल्ने दरमा कमी

    नवलपरासी ।  (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नयाँ उद्योग खुल्ने दर उल्लेख्य रुपमा घटेको छ । पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ भन्दा गत आर्थिक वर्षमा नयाँ उद्योग, व्यवसाय खुल्ने दरमा करिब ५८ प्रतिशतले कमी आएको छ ।

    पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आर्थिक वर्ष २०७८/७९ एक हजार ५० नयाँ उद्योग दर्ता भएका थिए । तर गत आर्थिक वर्षमा भने जम्मा चार सय ३८ नयाँ उद्योग दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख सागर खनालले बताउनुभयो । गतवर्ष थपिएका नयाँ उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक उद्योग धेरै रहेका छन् ।

    गत वर्ष आर्थिक वर्षमा नयाँ उद्योग दर्तामा कमी आउनु प्रमुख कारण देशको पछिल्लो आर्थिक अवस्थाको असर भएको कार्यालय प्रमुख खनालले बताउनुभयो । नयाँ उद्योग दर्ता र सञ्चालनको लागि आर्थिक प्रभावको अवस्था प्रतिकुल हुँदै गएकाले यस्तो अवस्था आएको हुनसक्ने उहाँले बताउनुभयो । “पछिल्लो समय आर्थिक अवस्था त्यति अनुकुल छैन्, यसले गर्दा पनि नयाँ उद्योग दर्तामा कमी आएको हुनसक्छ । औद्योगिक उत्पादनले बजार नपाउने समस्याका कारणसमेत नयाँ उद्योग स्थापनामा त्यति उत्साही भएका देखिँदैनन्”, खनालले भन्नुभयो । नयाँ उद्योग दर्तासहित पुराना खारेजी गर्ने क्रमसमेत बढेको उहाँको भनाइ छ ।

    गत आर्थिक वर्षमा ७५ पुराना उद्योग खारेजी भएका थिए । आर्थिक वर्ष २०७८/७९ मा ६४ र आव २०७७/७८ मा ४५ उद्योग खोजी भएका थिए । वाणिज्य व्यवसाय दर्तामासमेत गत आर्थिक वर्षमा धेरै कमी आएको छ । गत आर्थिक वर्षमा जम्मा चार सय ८२ नयाँ वाणिज्य व्यवसाय दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा एक हजार एक सय ५८ नयाँ वाणिज्य व्यवसाय दर्ता भएको उद्योग तथा पर्यटन कार्यालय नवलपुरको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तथ्याङ्क अनुसार नवलपुरमा नयाँ थपिएका उद्योगसहित जम्मा उद्योगको सङ्ख्या ६ हजार सात सय ४७ रहेको छ । वाणिज्य तर्फ भने आठ हजार सात सय ९८ उद्योग रहेका छन् ।

    आर्थिक मन्दिकै कारण उद्योगी व्यवसायी मारमा परेको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बैकुण्ठ अर्यालले बताउनुभयो । उद्योग स्थापनासहित बजारीकरणको समस्या, लगानीका लागि उचित वातावरण नहुँदा यस क्षेत्रमा निराशा छाउन थालेको उहाँको भनाइ छ । पछिल्लो पटक बैंकको चर्को ब्याज दरका कारणसमेत उद्योग लगानी र उद्योग सञ्चालनमा समस्यामा परेकाले जिल्लामा समेत नयाँ उद्योग दर्तामा कमी आएको अर्याल बताउनुहुन्छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend