Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

समिरको लुक्स सार्वजनिक गर्दै ‘बलिदान’ले गर्‍यो रिलिज मिति घोषणा


१६, फागुन २०८१
  • 128
    SHARES
  • समिरको लुक्स सार्वजनिक गर्दै ‘बलिदान’ले गर्‍यो रिलिज मिति घोषणा

    काठमाडौँ । फिल्म ‘बलिदान’ले रिलिज मिति घोषणा गरेको छ ।

    निर्माण युनिटले अभिनेता समिर भट्ट समेटिएको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति २०८२ सालको फूलपाती (असोज १३) घोषणा गरेको हो ।

    समिरका दुई पोष्टर सार्वजनिक गरिएको छ । जसमा नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको समिर सङ्घर्षमा केन्द्रित रहेको पोष्टरले बुझाउँछ ।

    फिल्मका निर्देशक सन्तोष सेन हुन् । फिल्ममा समिरका अलवा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।

    फिल्मको सङ्गीत आर्टमान्डु टिमको सहकार्यमा तयार पारिएको छ । गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहान सहितको समूहले गीत, ब्याकग्राउन्ड म्युजिक र अन्य साङ्गीतिक पक्षमा काम गरेका छन् ।

    ‘आसुसेन फिल्म्स् प्रा.ली’को प्रस्तुति रहेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा छन् ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend