Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दाङको घोराहीमा मगर सङ्ग्रहालय स्थापना


१९, फागुन २०८१
  • 204
    SHARES
  • दाङको घोराहीमा मगर सङ्ग्रहालय स्थापना

    दाङ । मगर समुदायको कला संस्कृति संरक्षण गर्न घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा सङ्ग्रहालय स्थापना गरिएको छ । सङ्ग्रहालयमा मगर समुदायको कला, संस्कृति र परम्परासँगसम्बन्धी सामग्री राखिएका छन् ।

    नेपाल मगर सङ्घ घोराही नगर समितिका अध्यक्ष वेदबहादुर बुढामगरका अनुसार मगर समुदायको मौलिक कला, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको भए पनि साँघुरो ठाउँका कारण व्यवस्थित हुन सकेको छैन ।

    उनले भने, ‘सङ्ग्रहालय मगर समुदायको कला, सँस्कृति र परम्पराका बारेमा अध्ययन तथा जानकारी लिने ठाउँ बनेको छ ।’ मगर समुदायसँग सम्बन्धित थप सामग्रीलाई खोज्ने कार्य भइरहेको तथा नयाँ भवन निर्माणपछि सङ्ग्रहालय व्यवस्थित हुने अध्यक्ष मगरले बताए ।

    मगर समुदायको बाहुल्य रहेका रोल्पा र रुकुमलगायत क्षेत्रबाट क्षेत्रबाट सामग्री सङ्कलन गरिने बताइएको छ । ‘अहिले नमूनाका रुपमा सङ्ग्रहालय स्थापना गरेर कला, संस्कृति र परम्पराको संरक्षणमा लागेका छौं’, लुम्बिनी प्रदेश सरकारबाट आठ लाखको सहयोग प्राप्त भएको छ’, उनले भने ।

    सङ्ग्रहालयमा मगर समुदायसँग सम्बन्धित वेशभूषा, गरगहना, बाजासँगै दैनिकी जीवनयापनका क्रममा प्रयोग गरिने काठ, माटो, तामाका विभिन्न सामग्रीहरुसँगै धनुष, नरसिङ्गा, पञ्चैबाजा, घुँघरु, ढुन्डी, सुरही, हाते पिरुङ्गा, दियो, टुकी, ठेकी, जाबे झोला, तुला, हलो, जुवालगायत घरेलु उत्पादन राखिएका छन् ।

    मगर सङ्ग्रहालयसँगै कार्यालय सञ्चालनका लागि सङ्घीय सरकारको  एक करोडको लागतमा घोराही उपमहानगरपालिका–१८ ढोडेनीमा नयाँ भवन निर्माण हुने अध्यक्ष बुढाले बताए । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend