काठमाडौँ । राजधानीको त्रिवि शिक्षण अस्पतालले क्लिनिकल रजिस्ट्रार पदमा कर्मचारी माग गरेको छ ।
बालरोग, सामान्य चिकित्सा, रेडियोलोजी, एनेस्थेसियोलोजी, मानसिक रोग र जनरल सर्जरी विभागमा जम्मा ७ जना क्लिनिकल रजिस्ट्रार करारमा नियुक्ति गर्नेगरी सोमबार सूचना जारी भएको हो ।
इच्छुक उम्मेदवारले फागुन २६ गतेभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
