Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फोटो खिचेरै मासिक ३० हजार आम्दानी


२५, फागुन २०८१
  • 226
    SHARES
  • फोटो खिचेरै मासिक ३० हजार आम्दानी

    बाँके । कोहलपुर नगरपालिका –११ स्थित न्यू रोड सडक। सडकको बिचभागमा ग्रिनबेल्ट। ग्रिनबेल्ट भरी अशोक लगायतका लहरै हरिया रुखहरू।

    हरेक दिन बिहान १० बज्ने बित्तिकै २० देखि २७ वर्ष उमेर समूहका चार पाँच जना युवाहरूको एक हुल आइपुग्छ न्युरोडमा। हरेकका हातमा एउटा एउटा क्यामेरा। पहिलो पटक देख्ने व्यक्तिले सोच्ने गर्छ कि आज यहाँ केही कार्यक्रमको सुटिङ हुँदै होला।

    यसरी हातमा क्यामेरा बोकेर हरेक दिन बिहान १० बजे न्युरोड पुग्ने हुलमा छन् कालिकोट घर भइ हाल कोहलपुर १ कौशिलानगर बस्ने २७ वर्षीय जीवन शाही, बाँसगढी नगरपालिका २ बर्दियाका २२ वर्षीय यामबहादुर खत्री, रुकुम घर भइ कोहलपुर २ सालबुट्टा बस्ने २० वर्षीय प्रवेश चन्द, कालिकोट घर भइ कोहलपुर ३ मदनचोक बस्ने २२ वर्षीय जीवन सञ्ज्याल र रुकुम घर भइ कोहलपुर बस्दै आएका २१ वर्षीय मदन शर्मा।

    ‘मैले फोटोग्राफी सिकेँ, काठमाडौँ लगायत बाहिरी ठुला सहरहरूमा त्यहाँका पर्यटकीय र सुन्दर स्थलहरूमा हामी जस्तै व्यक्तिले क्यामेराले फोटो भिडिओ खिचेर आम्दानी गरेको देखेँ, ठुलो लगानी पनि नचाहिने, म कोहलपुर आइसकेपछि यहाँको लोकेसनले मेरो मन छोयो, उत्कृष्ट लोकेसन लाग्यो’, जीवन शाहीले भने , ‘त्यसपछि आजभन्दा लगभग ९–१० महिना अघि यो ठाउँमा क्यामेरा बोकेर आएँ, सुरुसुरुमा लाज पनि लाग्यो, सुरुका दिनमा दैनिक ५०–६० रुपियाँ आउँथ्यो, तर पनि काम गर्दै गएँ, अहिले दैनिक एक हजार देखि बाह्र सय रुपियाँ आम्दानी भइरहेको छ।’

    ‘म यहाँ आएर जोडिएको २ हप्तामात्र भयो, सुरुमा जीवन दाइले एक्लै सुरु गर्नुभएको रहेछ, पछि फोटोग्राफीकै माध्यमबाट जोडिँदै जाँदा अहिले हामी पाँच जना पुगेका छौँ, बिहान १०–११ बजेतिर हामी यहाँ पुग्छौँ, त्यसपछि दिनभर यो ठाउँमा भिडभाड हुन्छ, साँझ ६ बजेसम्म यहाँ फोटो खिच्छौँ, अत्यन्तै सुन्दर र हरियाली ठाउँ छ।’ अर्का युवा यामबहादुर खत्रीले भने, ‘अहिले कतै जागिरका लागि धाउनु परेको छैन, आफ्नो र परिवारको खर्च यहीँबाट जुटाइरहेका छौँ।’

    यस्तै, प्रवेश चन्दले भने, ‘हामीले यहाँ रुपियाँ पैसा मात्र नकमाएर यो ठाउँको प्रवर्धन पनि गरिरहेका छौँ, यो ठाउँलाई जताततै चिनाउने काम गरेका छौँ, यो ठाउँ फोटोग्राफीका लागि उचित स्थान छ, सुट गर्ने राम्रो ठाउँ छ, मानिसहरूको पनि ओहोरदोहोर र भिडभाड हुने गर्दछ, नगरपालिकाले यो ठाउँमा बस्नका लागि बेञ्च र फोहोर फाल्नका लागि डस्टिवन राखिदिए अत्यन्तै राम्रो हुनेथियो।’

    हाललाई यसरी काम गरे पनि भविष्यमा गएर वाइल्ड लाइफसम्म गर्ने आफ्नो धोको भएको सुनाउँछन्, जीवन सञ्ज्याल। “अहिले यहाँ काम गरे पनि भविष्यमा वाइल्ड लाइससम्म काम गर्ने धोको छ, राम्रो फोटो स्टुडियो राखेर व्यावसायिक रूपमा यो कामलाई अगाडि बढाउने इच्छा छ।’ उनले भने, ‘सोच्ने मानिसले त काम नपाएर पार्कपार्कमा क्यामेरा बोकेर हल्लिएका छन् भन्छन् पनि होला, तर फोटोग्राफीको सुरुवात नै स्टिल फोटोबाट सुरुवात भएको हो, हामी काम गरेर खाने मान्छेलाई अरूले के सोच्छ त्यो तर्फ ध्यान दिँदैनौ।’

    फोटो खिच्ने मात्रै नभएर टिकटक बनाउने र भिडिओ खिच्ने विभिन्न उमेर समूहका मान्छेहरू आउने गरेको बताउँछन्, अर्का युवा मदन शर्मा। उनीहरू सबैले भविष्यमा गएर वाइल्ड लाइफसम्मको काम गर्ने इच्छा रहेको बताए । विवाह, ब्रतबन्ध, पूजाआजा लगायतका काममा फोटो खिच्न र भिडिओ बनाउन माग आएपछि जाने समेत गरेको उनीहरुको भनाइ छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend