Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रोल्पामा ५६ करोड भन्दा बढी विकास बजेट फिर्ता


३, साउन २०८०
  • 118
    SHARES
  • रोल्पामा ५६ करोड भन्दा बढी विकास बजेट फिर्ता
    रोल्पा । रोल्पामा संघ र प्रदेशबाट प्राप्त पूँजीगत बजेट खर्च हुन नसकी फिर्ता गएको छ । जिल्लाको पूँजीगत विकासका लागि आएको रकम मध्ये रू ५६ करोड १५ लाख ९० हजार बजेट खर्च हुन नसकेर फिर्ता गएको हो ।
     
    जिल्लामा संघतर्फ रू ८३ करोड २३ लाख ४३ हजार र प्रदेशतर्फ रू एक अर्ब ३२ करोड ८४ लाख १८ हजार गरी कूल रू दुई अर्ब १६ करोड सात लाख ६१ हजार बजेट प्राप्त भएको थियो ।  प्राप्त बजेटमध्ये संघतर्फ रू ५७ करोड ७४ लाख ७७ हजार र प्रदेशतर्फ रू एक अर्ब दुई करोड १६ लाख ८३ हजार गरी कूल रू एक अर्ब ५९ करोड ९१ लाख ७० हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका सूचना अधिकारी हेमन्तराज आचार्यले जानकारी दिए । उनका अनुसार खर्च हुन नसकेर फिर्ता गएको बजेटमध्ये संघको रू २५ करोड ४८ लाख ५५ हजार र प्रदेशको रू ३० करोड ६७ लाख ३४ हजार रहेको छ । उक्त रकम कूल बजेटको करिब २६ प्रतिशत हो ।  
     
    जिल्लामा संघतर्फ रू पाँच अर्ब ८३ करोड २६ लाख ९० हजार र प्रदेशतर्फ रू ७९ करोड ७३ लाख ४५ हजार गरी चालुतर्फ रू छ अर्ब ६३ करोड ३५ हजार प्राप्त भएको थियो । चालुतर्फ प्राप्त बजेटमध्ये संघको रू पाँच अर्ब ४० करोड २२ लाख नौ हजार र प्रदेशतर्फ रू ६२ करोड ७४ लाख ४४ हजार गरी कूल रू छ अर्ब दुई करोड ९६ लाख ५४ हजार खर्च भएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend