Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

घोराहीमा विपद् उद्धार सम्बन्धी नमूना अभ्यास


२६, फागुन २०८१
  • 120
    SHARES
  • घोराहीमा विपद् उद्धार सम्बन्धी नमूना अभ्यास

    घोराही । दाङको घोराहीमा विपद् उद्धार सम्बन्धी नमूना अभ्यास गरिएको छ ।

    घोराही उपमहानगरपालिका–२ रामपुरस्थित चेपे दहमा विपदको समयमा हुनसक्ने मानवीय तथा धनजनको क्षतिलाई रोक्ने उद्देश्यले सोमबार विपत् व्यवस्थापन तथा खोज उद्वार सम्बन्धी नमूना अभ्यास गरिएको हो ।

    बर्षातको समयमा कृत्रिम जलाशयसँगै नदी, खोला, पोखरीमा डुबानमा पर्दा कसरी जोगिन सकिन्छ भनेर सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायले नमूना अभ्यास गरेर देखाएको सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर ज्वालामाई गण भालुवाङका प्रहरी निरीक्षक प्रशान्तसागर विष्टले जानकारी दिए ।

    उहाँका अनुसार पूर्व अभ्यासका क्रममा बाढी, डुवानमा परेको समयमा स्थानीय स्रोतका रूपमा रहेका प्लास्टिकका बोतल र बोरा, गाडीको टिउ, म्याट लगायतका सामग्रीको प्रयोग गरेर कसरी बच्न सकिन्छ भनेर जलाशयमा नमूना अभ्यास गरिएको थियो ।

    त्यसै क्रममा सशस्त्र प्रहरीको टोलीले स्थानीय स्रोत साधनका रूपमा रहेका प्लास्टिकका बोतल र बोरा, गाडीको टिउ, म्याटको प्रयोग गरेर पौड्ने, जलाशयमा पौड्दा डुवेको र मृतकलाई कसरी उद्धार गर्नेसँगै उद्धारपछि गरिने प्राथमिक उपचारलगायतका बारेमा पूर्व अभ्यास गरेर नागरिकलाई सचेत बनाउने काम गरिएको प्रहरी निरीक्षक विष्टले बताए ।

    विपद् व्यवस्थापन तथा खोज उद्वार सम्बन्धी नमूना अभ्यास कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले विपद् जुनसुकै समयमा पर्न सक्ने भएकाले त्यसको तयारी सबैले गर्न आवश्यक रहेको बताए । विपदबाट हुने क्षतिलाई न्यूनीकरणका लागि घोराही उपमहानगरपालिकाले विपतकाे समयमा आवश्यक पर्ने प्राविधिक सामग्रीसँगै उद्धारका लागि दक्ष जनशक्ति जुटाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन ।

    घोराही उपमहानगरपालिकाको आयोजना, रणसिंह दल गण घोराही, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर ज्वालामाई गण भालुवाङ र नेपाल रेडक्रस सोसाइटी घोराही शाखाको सहकार्यमा भएको थियो । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend