Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रेसुङगा बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनको संयुक्त प्यानलबाट नेविसंघले लियो नेतृत्व


२, चैत २०८१
  • 517
    SHARES
  • रेसुङगा बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनको संयुक्त प्यानलबाट नेविसंघले लियो नेतृत्व

    गुल्मी । स्वतन्त्र विधार्थी युनियनको निर्वाचनमा गुल्मी जिल्लाको शैक्षिक धरोहर भनेर चिनिएको रेसुङ्गा बहुमुखी क्याम्पसमा जिल्लाका तिन ठुला दल नेपाली काग्रेस,नेकपा एमाले,माओवादी केन्द्र निकट विद्यार्थी संगठनको संयुक्त प्यानलबाट नेपाल विधार्थी संघले नेतृत्व लिएको छ।

    देशभर झै गुल्मीमा पनि सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्वुवियुको तालमेल गर्ने दुई संगठनले निर्णय गरेको भएपनि शैक्षिक क्षेत्रका सरोकारवालाहरुले क्याम्पसको सर्वोपरी हितलाई मध्यनजर गरी गुल्मी जिल्लाका अधिकाश क्याम्पसमा साझा प्यानल बनाइ अघि बढाइएको छ।

    जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा राजनैतिक वातबरण नविथोलिने गरी विधार्थी संघसंगठनका नेतृत्व वर्ग बसेर साझा प्यानलबाट त्यस क्याम्पसमा निर्विरोध स्वविुयु कार्यसमिति घोषणा गर्ने निर्णय भएको बताएको नेपाल विधार्थी संघका केन्द्रिय सदस्य झबिन्द्र पाण्डेले बताउनुभयो ।

    रेसुङ्गा बहुमुखी क्याम्पसमाका उपप्राध्यापक तथा स्ववियु निर्वाचन अधिकृत गोपाल प्रसाद पाण्डेले दिनुभएको जानकारी अनुसार संयुक्त प्यानलबाट नेपाल विधार्थी संघका सुदिप खत्री अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन यसैगरी सचिवमा अनेरास्ववियुका निशान टण्डन र कोषाध्यक्षमा नेवि संघका बिश्वास बञ्जाडे निर्विरोध भएका छन ।

    सदस्यहरुमा नेवि संघकी अनिता पाण्डे र खुमबहादुर खत्री , अनेरास्वुवियु क्रान्तिकारीका सागर सुनार, अनेरास्ववियुबाट सन्तोष भण्डारी , नेवि संघबाट सुष्मा पन्थी निर्विरोध भएका छन ।

    त्यस्तै कार्य समितिमा समानुपातिकबाट नेवि संघका सुशिल पन्थी, बिशाल पाण्डे,अनेरास्वुवियुबाट अस्मिता सदा , विनिता कार्की र मुनाल अधिकारी, अनेरास्ववियु क्रान्तिकारीबाट प्रियांका पन्थी, र अमृता सुनार निर्विरोध निर्वाचित भएका छन ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend