Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘होस्टेल ३’ को गीत ‘रक अन’ सार्वजनिक


३, चैत २०८१
  • 147
    SHARES
  • ‘होस्टेल ३’ को गीत ‘रक अन’ सार्वजनिक

    काठमाडौँ । गत साता रिलिज भएको फिल्म ‘होस्टेल ३’को गीत ‘रक अन’ सार्वजनिक गरिएको छ ।

    निर्माण युनिटले फिल्म रिलिज भएपछि गीत सार्वजनिक गरेको हो । गीतले फिल्मको प्रचारमा बल पुग्ने अपेक्षा रहेको निर्देशक सशान कँडेलले बताए ।

    गीतमा फिल्मका मुख्य कलाकार पारस बम ‘कुलब्वाय’ र रिहान गिरीको साथमा समीर काजीको स्वर छ । महेश ज्ञवालीको शब्द तथा सङ्गीत रहेको गीत योगेश काजीले एरेन्ज गरेका हुन् ।

    फिल्मले पहिलो साता नेपालमा मात्र ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको बताइन्छ । फिल्म नेपालबाहिर मध्यपूर्व, अस्ट्रेलिया लगायतका देशहरूमा समेत प्रदर्शनमा छ ।

    फिल्ममा पारस बम ’कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको अभिनय छ । सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी फिल्मका निर्माता हुन् ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend