Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नक्कली बम राखेका पासवान डिस्पोज गरेको हेरेर बसेका थिए


३, साउन २०८०
  • 128
    SHARES
  • नक्कली बम राखेका पासवान डिस्पोज गरेको हेरेर बसेका थिए

    काठमाडौँ । सिनामंगल पुलनजिकैको एक सुनचाँदी पसल अगाडि ‘नक्कली बम’ राख्ने एक युवकलाई प्रहरीले पक्राउ गर्‍यो। प्रहरीले रौतहटका २८ वर्षीय खजान्सी पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले बताएका छन्। ती व्यक्तिलाई प्रहरीले घटनास्थलबाटै प्रकाउ गरेको हो।

    बिहान साढे ६ बजेतिर २ जना व्यक्ति आएर शंकास्पद वस्तु राखेको सिसिटिभी फुटेज प्रहरीले फेला पारेको थियो। सोही फुटेजमा देखिएको व्यक्तिको हुलियाको आधारमा प्रहरीले पासवानलाई पक्राउ गरेको हो। पक्राउ पर्दा पासवास आफैले राखेको नक्कली बम सेनाको टोलीले डिस्पोज गरेको हेरेर बसिरहेका थिए।

    उनी सशस्त्र प्रहरीकै पछाडि दोस्रो लहरमा अर्को व्यक्तिसँग थोरै लुकेर बम डिस्पोज गरेको हेरिरहेको पाइएपछि प्रकाउ गरिएको प्रहरीले जनाएको छ। यसरी लुकेर बसेका व्यक्तिको हुलिया फुटेजमा देखिएको व्यक्तिसँग मिलेपछि प्रहरीले पासवानलाई नियन्त्रणमा लिएको हो।

    बिहान आफैले राखेको नक्कली बम हेरेर करिब १२ बजेसम्म उनी त्यहीँ बसेका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। बुधबार बिहान सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्सको सटर अगाडि बमजस्तो ‘शंकास्पद वस्तु’ फेला परेको थियो। शंकास्पद वस्तु भेटिएको खबरपश्चात् घटनास्थलमा पुगेको नेपाली सेनाको टोलीले उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि गर्दै त्यसलाई ‘डिस्पोज’ गरिसकेको छ।  उक्त वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend