Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशबाट करिब ९५ हजार परीक्षार्थीले एसइई परीक्षा दिदैँ


७, चैत २०८१
  • 205
    SHARES
  • लुम्बिनी प्रदेशबाट करिब ९५ हजार परीक्षार्थीले एसइई परीक्षा दिदैँ

    रुपन्देही । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लुम्बिनी प्रदेशभरबाट ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी भएका छन ।

    परीक्षा व्यवस्थित रूपमा सञ्चालन गर्न ३४८ परीक्षा केन्द्र तोकिएको सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सनाले जानकारी दिए । उनका अनुसार ८ हजार ६ सय कर्मचारी परिचालन गरिएको छ ।

    रुपन्देहीमा २२ हजार ६ सय २३ परीक्षार्थी :

    शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार यस वर्ष रुपन्देहीमा सबैभन्दा धेरै २२ हजार ६ सय २३ परीक्षार्थीले परीक्षा दिदैछन् । यस्तै दाङमा १४ हजार दुई सय ५४, कपिलवस्तुमा ९ हजार ४ सय ६१, बाँकेमा १० हजार २ सय ७४ परीक्षार्थी सहभागी हुदैछन् ।

    पाल्पामा ४ हजार ९ सय १०, गुल्मीमा ४ हजार ८ सय ५७, अर्घाखाँचीमा ३ हजार ४ सय ६५, रोल्पामा ४ हजार ७ सय ६५, प्युठानमा ४ हजार ९ सय ४० बर्दियामा ७ हजार ७ सय ६२, नवलपरासी पश्चिममा ६ हजार ३ सय ९७, रुकुमपूर्वमा १ हजार २ सय परीक्षार्थी सहभागी हुदैछन् ।

    यस्तै नियमिततर्फ ७४ हजार ५ सय ९८ परीक्षार्थी छन् भने ग्रेड वृद्धिका लागि २० हजार ३ सय १० परीक्षार्थीले परीक्षा दिन लागेको उनले बताए । यसैगरी, प्राविधिक धारतर्फ ३ हजार १ सय ७४ विद्यार्थीले परीक्षा दिदै छन् ।

    परीक्षा निष्पक्ष र मर्यादित बनाउन ३ सय ४८ जना केन्द्राध्यक्ष , ६ सय ३४ सहायक केन्द्राध्यक्ष, ४ हजार ७ सय ५८ निरीक्षक, ९ सय ५८ सहायक र १ हजार ९ सय २ जना कार्यालय सहयोगी परिचालन गरिएको उनले बताए । परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गरेको मन्त्रालयले जनाएको छ । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend