Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ओआईडिपी अवार्डका लागि तिलोत्तमा नगरपालिका छनोट 


७, चैत २०८१
  • 165
    SHARES
  • ओआईडिपी अवार्डका लागि तिलोत्तमा नगरपालिका छनोट 

    बुटवल । नेपालबाट रुपन्देहीको तिलोत्तमा नगरपालिका छनोट भएको नागरिक सहभागितामा असल अभ्यासको अन्तर्राष्ट्रिय अवार्डको अनलाइन भोटिङ खुला भएको छ ।

    स्पेनको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन डेमोक्रेसी संस्थाले १९औं संस्करणको ओआईडिपी अवार्डका लागि मागेको आवेदनमा विश्वका ३७ देशका स्थानीय र प्रदेश सरकार गरी १३७ मध्ये उत्कृष्ट ४० बीच अनलाइन भोटिङ खुला गरेको हो ।

    उक्त अवार्डमा रुपन्देहीको तिलोत्तमा नगरपालिका फाइनल प्रतिस्पर्धाका लागि यसअघि नै छनोट भएको छ ।

    अब ४० आवेदकबीच मार्च २८ सम्म हुने अनलाइनमार्फत हुने खुला भोटिङको ५० अंक र जुरी (निर्णायक) को ५० अंकका आधारमा अवार्ड विजेता घोषणा गरिने ओआईडीपीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

    मे महिनाको २१ देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने २४औं ओआइडिपी कन्फेरेन्स (सम्मेलन) मा अवार्ड वितरण गरिने छ ।

    नेपालको मात्र नभई सार्क राष्ट्रहरुमध्येबाट तिलोत्तमा मात्रै अवार्डको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल भएकाले अब विजेता बनाई नेपालको नाम संसारभर थप चिनाउन विश्वभर रहेका नेपालीलाई अनलाइन भोटिङ गरिदिन नगरपालिकाले अनुरोध गरेको छ । नेपालभर र विश्वभर चिनाउन, देखाउन यो अवार्डले ठूलो भूमिका खेल्ने बताइएको छ ।

    नगरपालिकाका सूचना अधिकारी माधव पोखरेलले ओआइडिपीले विभिन्न पाँच विधामा अनलाइन भोटिङ गर्नुपर्ने नियम बनाएकाले एउटा मात्र विधामा भोट दिंदा रद्द हुने बताए । तिलोत्तमालाई पारिस्थितिक संक्रमण र वातावरण (इकोलोजिकलक ट्रान्जिसन एण्ड इन्भाइरन्मेन्ट) विधामा मत दिन सकिने उनले बताए ।

    ओआइडिपीको वेबसाइटमै गएर इमेल खाता सिर्जना गरी मत दिन सकिने बताइएको छ । तिलोत्तमा नगरपालिकाले २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागितामा सरसफाई तथा हरियाली प्रवर्द्धन अभियान आठौं वर्षमा निरन्तर चलाउँदै आएको छ । उक्त अभियानको १४० औं श्रृंखला सम्पन्न भएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend