Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका


८, चैत २०८१
  • 136
    SHARES
  • सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका

    लुम्बिनी (मर्चवार) । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ ।

    नेपाल नगरपालिका सङ्घले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सिद्धार्थनगरलाई पुरस्कृत गरेको हो । सङ्घको ३२औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थनगर प्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्ट नगरपालिका पुरस्कार, २०८१ बाट सम्मान गरे।

    सङ्घले उक्त विधामा प्रत्येक वर्ष देशभरका नगरपालिकामध्ये उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ । आव २०८०/८१ मा सङ्घले प्रदान गर्ने पुरस्कार प्राप्त गर्न पाउँदा खुसी लागेको सिद्धार्थनगरका प्रमुख खाँले बताए । सङ्घले नगरपालिकाहरूको विभिन्न सूचक हेरेर पुरस्कार प्रदान गर्ने गर्छ । त्यसका आधारमा सिद्धार्थनगरलाई उत्कृष्ट घोषणा गरिएको हो । सिद्धार्थनगर प्रमुख खाँले सबैको मेहनत र योगदानले नगरपालिका उत्कृष्ट भएको भन्दै नगरवासीलाई धन्यवाद दिए।

    “हामी जनप्रतिनिधि, कर्मचारी, नगरवासीको योगदानले उत्कृष्ट नगरपालिकाको पुरस्कार प्राप्त गर्न सफल भयौँ”, उनले भने, “यो सम्मानले हामीलाई अझै कामप्रति थप जवाफदेही बनाएको छ ।” आगामी दिनमा सबै सूचकाङ्कमा पालिकालाई सर्वोकृष्ट हुनेगरी काम गर्नुपर्ने उनले बताए।

    सिद्धार्थनगरले मुलुकभरका नगरपालिकालाई पछि पार्दै ८५ प्रतिशत अङ्क प्राप्त गरेको नगरपालिका सङ्घले जनाएको छ । सहरी योजना, यातायात व्यवस्थापन र खानेपानीमा पनि नगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेको जनाइएको छ । रासस

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend