Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बेलहिया-काठमाण्डौ सम्म सुविधा सम्पन्न एसी बस शुभारम्भ


१, जेठ २०८०
  • 203
    SHARES
  • बेलहिया-काठमाण्डौ सम्म सुविधा सम्पन्न एसी बस शुभारम्भ

    बुटवल। रुपन्देहीको नेपाल भारत सिमा नाका बेलहिया देखि संघीय राजधानी काठमाण्डौै सम्म नयाँ आत्याधुनिक सुविधा सम्पन्न वातानुकुलित एसी बस शुरु भएको छ । आईतबार साँझ बेलहियाबाट पहिलो पटक काठमाण्डौका लागि हिमालय मेट्रो एसी बस शुभारम्भ गरी औपचारिक रुपमा अत्याधुनिक बसको सेवा शुभारम्भ गरिएको हो ।

    पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आवद्ध व्यवसायीहरु बासुदेव अर्याल, मदन पन्थी, विष्णु प्रसाद पाण्डे र अवतार शर्माको लगानीमा पहिलो चरणमा अत्याधुनिक २ वटा बस शुरुवात गरिएको हो । पहिलो चरणमा ३ वटा बस निर्माण सम्पन्न गरी सञ्चालन ल्याइएको र आगामी दिनमा थप ३ वटा बस तयारी गरिएको सञ्चालक मदन पन्थीले जानकारी दिए । अगामी दिनमा नेपालका ठुला सहरहरुमा एस बसको सेवा विस्तार गरिने समेत उनले जानकारी दिए । नयाँ बस बसको सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी विष्णु शर्मा सहित सञ्चालकलहरुले रिवन काटेर औपचारिक कार्यक्रमविच शुभारम्भ गरेका थिए ।

    कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष शर्माले अहिलेको आर्थिक संकटको बेलामा शुभारम्भ गरिएको आत्याधुनिक बसले सेवाग्राहीहरुको मन जित्ने विश्वास लिए । उनले व्यवसायीहरुको आँट र साहसको उच्च प्रंशसा गर्दै यातायात व्यवसायममा हिमालय मेट्रो एउटा सफल यातायातको रुपमा शुभारम्भ हुने समेत बताएका थिए । 

    कार्यक्रममा नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष तथा पर्यटन व्यवसायी श्रीचन्द्र गुप्ता, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका बेलहिया काउन्टर ईन्चार्ज सुरेन्द्र पन्थी, सिद्धार्थ नगर नरपालिका वडा नम्बर १ का वडा सदस्य मीन बहादुर गुरुङ, धनु रायमाझी लगायतले बोल्दै नयाँ शुभारम्भ भएको बसको उच्च सफलताको कामना व्यक्त गरेका थिए ।

    आशोक ल्यल्याण्ड कम्पनीको उक्त बसको नेपालमा आईएमई मोटर्सले माकेटिङ्ग गर्दै आएको छ । कम्पनीका शाखा प्रबन्धक लेखनाथ बस्याल शंकरले अन्य कम्पनिको गाडी भन्दा यो कम्पनीको गाडीले ईन्धनखपत न्युनरहेको कारण व्यवसायीहरुको रोजाईमा पर्न सफल भएको बताएका थिए ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend