Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल’मा डा.सुमीले जितिन् दुई अवार्ड


२४, वैशाख २०८२
  • 310
    SHARES
  • ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल’मा डा.सुमीले जितिन् दुई अवार्ड

    काठमाडौँ । ‘मिसेस भोग नेपाल–२०२५’की विजेता डा.सुमी मल्लले अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ दुई महत्त्वपूर्ण उपाधि जितेकी छिन् ।

    बैंककमा आयोजित उक्त कार्यक्रममा उनले ‘मिसेस इन्स्पिरेश्नल’ तथा ‘सेकेन्ड रनर्स अप’को उपाधि जित्न सफल भएकी हुन् ।

    काठमाडौँमा आयोजित एक कार्यक्रम डा.मल्लका उपलब्धि सार्वजनिक गरियो । वरिष्ठ दन्त चिकित्सकको रूपमा कार्यरत डा.मल्लले विश्वका विभिन्न २५ देशका प्रतिस्पर्धिहरुसंग प्रतिस्पर्धा गरेर दुई महत्त्वपूर्ण उपाधि जित्न सफल भएको जानकारी दिइन् ।

    ‘मुख्य उपाधि रसियाकी प्रतिस्पर्धीले जित्नु भयो, त्यो क्षण उहाँको पक्षमा रह्यो, तर नेपाली प्रतिस्पर्धाको रूपमा मैले पनि उत्कृष्ट प्रस्तुति दिन सफल भएँ, मुख्य उपाधि जित्न नसके पनि सेकेन्ड रनर्स अप तथा मिस इन्स्पिरेश्नल (सबैभन्दा प्रेरणादायी)को अवार्ड जित्नु आफैँमा उपलब्धिमूलक रहेको ठानेकी छु’ उनले भनिन् ।

    ‘मिसेस भोग नेपाल २०२५’ को आयोजक संस्था हाउस अफ फेसन नेपालकी संस्थापक निर्देशक ओशिमा बानुले उक्त प्रतियोगितामा आफूले पठाएको नेपाली प्रतिनिधिले नेपालका लागि दुई महत्त्वपूर्ण उपाधि जित्न सफल हुनु आफ्ना लागि गर्भको कुरो रहेको बताइन् । 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend