Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गौतमबुद्ध विमानस्थलबाट नियमित उडानको माग गर्दै धर्ना


२४, वैशाख २०८२
  • 132
    SHARES
  • गौतमबुद्ध विमानस्थलबाट नियमित उडानको माग गर्दै धर्ना

    भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको माग गर्दै बुधबार विमानस्थलको मूख्य गेटमा विभिन्न संघ संस्थाहरूले धर्ना दिएका छन् ।

    उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्श) रूपन्देहीको आयोजनामा भएको धर्ना कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि प्लेकार्ड, ब्यानर बोकेर पुगेका थिए ।

    पछिल्लो समय विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन छ । विमानस्थलमा उडान ठप्प हुँदा निजी क्षेत्र धराशायी भएको भन्दै दिनको एक घण्टा धर्ना कार्यक्रम राखिएको आयोजक संस्थाका अध्यक्ष दर्पण श्रेष्ठले बताए ।

    धर्ना तथा विरोधसभा कार्यक्रममा सिद्धार्थ सञ्जाल, रुपन्देही, लुम्बिनी इँटा व्यवसायी सङ्घ, सोसाइटी अफ ट्राभल्स एण्ड टुर अपरेटर्स नेपाल, नेपाल भन्सार एजेन्ट सङ्घ, सिद्धार्थनगर, लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घ, सिद्धार्थनगर सहकारी सञ्जाल, वैदिक सनातन धर्म सेवा समिति, भैरहवा, दरखसवा गाउँ समाज, नेवा खलः सिद्धार्थनगर, किराना तथा प्लास्टिक व्यवसायी सङ्घ लगायतका सङ्घसंस्था ब्यानरसहित सहभागी भएका थिए ।

    विमानस्थलका सूचना अधिकारी विनोद राउतले अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्न केन्द्रबाट पहल भएपनि कहिलेदेखि कुन कम्पनीले गर्ने एकिन भइनसकेको बताए ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend