Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एसियन थाई फुड्सद्वारा कपिलवस्तुमा दोस्रो युनिट सञ्चालन


२५, वैशाख २०८२
  • 148
    SHARES
  • एसियन थाई फुड्सद्वारा कपिलवस्तुमा दोस्रो युनिट सञ्चालन

    काठमाडौं । नेपालकै अग्रणी चाउचाउ उत्पादक कम्पनी एसियन थाई फुड्स प्रा.लि.ले लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका–६ गोबरी, रामनगरमा उद्योगको दोस्रो युनिट सञ्चालनमा ल्याएको छ ।

    बुधवार जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्स प्रालिका प्रबन्ध निर्देशक महेश जाजुले वैद्धिक विधिअनुसार पूजा गरेर उद्योगको शुभारम्भ गरेका हुन् ।

    मोरङको विराटनगरमा दुई दशक अघि सञ्चालनमा आएको यस उद्योगले दोस्रो युनिटका रूपमा कपिलवस्तुमा उद्योग स्थापना गरेको हो । यसअघि एसियन थाई फुड्सले ’प्रीति’, ’टुपीएम’, ’रमपम’ लगायतका चाउचाउ ब्रान्डहरू नेपालमा उत्पादन गरी भारत लगायत तेस्रो मुलुकमा पनि निर्यात गर्दै आइरहेको छ ।

    कपिलवस्तुको उद्योगबाट पनि ’प्रीति’, ’टुपीएम’, ’रमपम’ लगायतका चाउचाउहरू सँगै केही थप नयाँ ब्रान्डहरूसमेत उत्पादन गरिने उद्योगले जनाएको छ । करिब अढाई बिघा क्षेत्रफलमा स्थापना गरिएको उद्योगमा सुरुमा चाउचाउ उत्पादन गरिने छ, भने क्रमशः अन्य स्नयाक्सहरू पनि उत्पादन गर्दै लगिने बताइएको छ ।

    प्रबन्ध निर्देशक जाजुले उद्योगमा उत्पादन भएका चाउचाउ ३० भन्दा बढी देशमा निर्यात समेत हुने गरेको बताउँदै कपिलवस्तुमा उद्योगको स्थापनासँगै मध्य तथा पश्चिम नेपालमा एसियन थाई फुड्सका उत्पादनहरू वितरणका लागि थप सहज हुने बताए ।

    उनले उद्योगमा अन्य स्नयाक्स र मसलाहरू उत्पादन गर्ने मेसिनहरू समेत जडान भइसकेकोले उद्योगले ६ महिनापछि स्नयाक्स र मसलाहरू पनि उत्पादन गर्ने बताए । त्यहाँ उत्पादन गरेको चाउचाउ देशभर नै पुर्‍याउने लक्ष्य रहेको र कपिलवस्तुको उद्योगमा २ सय ५० जनालाई रोजगारी प्रदान गरिने बताइएको छ । उद्योगमा अहिले ४० करोड लगानी गरिसकिएको र चालु पुँजीमा थप २० करोड रकम आवश्यक पर्ने पनि उद्योगले जनाएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend