Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाँकेमा थप ९३६ जना भूमिहीन तथा सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने


२५, वैशाख २०८२
  • 121
    SHARES
  • बाँकेमा थप ९३६ जना भूमिहीन तथा सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने

    नेपालगन्ज । भूमि समस्या समाधान आयोगले बाँकेमा थप ९३६ जना भूमिहीन दलित तथा सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने निर्णय गरेको छ ।

    आयोगको कार्यालय नेपालगन्जमा बसेको सर्वपक्षीय बैठकले दोस्रो चरणमा विभिन्न स्थानीय तहमा जग्गाधनी प्रमाणपत्र वितरण गर्ने निर्णय गरेको हो । पहिलो चरणमा हालै मात्र कोहलपुर नगरपालिकाका तीन वडामा ११८ जनालाई लालपुर्जा वितरण गरिएको थियो ।

    आयोगका अध्यक्ष घननाथ खनालले दोस्रो चरणमा जेठको पहिलो सातासम्म कोहलपुर नगरपालिकाको वडा नम्बर २, १४, १५, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ र २०, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ र वैजनाथ गाउँपालिकाको वडा नम्बर ६ मा ९३६ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने जानकारी दिए ।

    उनले पहिलो चरणमा कोहलपुर नगरपालिकाका तीन वडामा ११८ जनालाई लालपुर्जा वितरण कार्य सम्पन्न भएको र थपलाई वितरणका लागि प्रक्रिया अघि बढाइएको बताए ।

    आयोगका अध्यक्ष खनालले थपे, ‘‘जिल्लाका राजनीतिक दलसहितको सर्वपक्षीय बैठकले नौवस्ता औद्योगिक क्षेत्रमा रहेको आवास क्षेत्रका लागि पनि लालपुर्जा वितरणका लागि पहल गर्ने निर्णय गरेको छ । स्थानीय तहमा आयोगलाई चाहिने स्रोतसाधनको व्यवस्थापन पालिकाले गर्ने निर्णय भएको छ ।’’

    केही दिनअघि मात्रै जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर १ बाट भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण सुरु गरिएको थियो । हालसम्म जिल्लामा ५४ हजार हाराहारीमा लालपुर्जाका लागि आवेदन परेको छ ।

    आगामी असारभित्र छ हजार लालपुर्जा वितरण गर्ने लक्ष्य रहेको भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष खनालले बताए ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend