Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फ्राइडे रिलिज : ‘ऊनको स्वीटर’ भर्सेज ‘जार’


२६, वैशाख २०८२
  • 157
    SHARES
  • फ्राइडे रिलिज : ‘ऊनको स्वीटर’ भर्सेज ‘जार’

    काठमाडौँ । आजदेखि दुई बहुप्रतीक्षित नेपाली चलचित्रहरू ‘जार’ र ‘ऊनको स्वीटर’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् ।

    यी चलचित्रहरूले नेपाली समाजका सामाजिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्ने अपेक्षा गरिएको छ ।

    ‘ऊनको स्वीटर’ एक भावनात्मक पारिवारिक प्रेमकथा हो, जसले प्रेम, विश्वास र समर्पणको अनुभूति दिलाउने प्रयास गरेको छ ।

    चलचित्र नवीन चौहानकाे निर्देशन,चिन्तन राजभण्डारीको छायाङ्कन र कृष्ण भण्डारीकाे सम्पादनमा बनेकाे छ ।

    त्यस्तै सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माता रहेको चलचित्रमा विपिन कार्की, मिरूना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राईको मुख्य अभिनय रहेको छ ।

    कथाले जीवनका विभिन्न मोडहरूमा दुई पात्रबीचको सम्बन्ध कसरी अगाडि बढ्छ, र त्यो सम्बन्धले पारिवारिक जीवनमा कस्तो प्रभाव पार्छ भन्ने पक्षलाई उजागर गर्छ ।

    त्यसैगरी, ‘जार’ चलचित्रले जार सम्बन्धको कारणले समाजमा उत्पन्न हुने पारिवारिक, सामाजिक र व्यक्तिगत द्वन्द्वहरूलाई कथाको केन्द्रमा राखेको छ ।

    फुर्वा छिरिङ लामाको निर्देशनमा बनेको यस चलचित्रमा चलचित्रमा सौगात मल्ल, गीताञ्जली थापा अनुपविक्रम शाहीको प्रमुख भूमिका रहेको छ ।

    यो चलचित्रले समाजमा विद्यमान परम्परागत संरचना र मान्यताहरूलाई पुनर्विचार गर्न दर्शकहरूलाई प्रेरित गर्ने उद्देश्य राखेको छ ।

    मुख्य पात्रहरूको सम्बन्धमार्फत समाजमा यस्ता सम्बन्धहरूले पार्ने प्रभाव र त्यसबाट उत्पन्न हुने परिणामहरूलाई रूपमा प्रस्तुत गरिएको छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend