Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पोखरेल परिवारद्वारा अर्घाखाँची अस्पतालमा प्रशोधित पिउने पानी व्यवस्था 


५, जेठ २०८२
  • 431
    SHARES
  • पोखरेल परिवारद्वारा अर्घाखाँची अस्पतालमा प्रशोधित पिउने पानी व्यवस्था 

    अर्घाखाँची । आफु प्रवासमा बसेर पनि सेवा नै धर्म हो भन्ने उदेश्यले सन्धिखर्क नगरपालिका-९ अर्घा निवासी स्वर्गीय पिता मुमाराम पोखरेल र माता बुमा पोखरेलको स्मृतिमा छोरा राम प्रसाद पोखरेल र बुहारी अन्जली पोखरेल परिवारद्वारा आइतबार अर्घाखाँची अस्पतालमा शुद्ध प्रशोधित पिउने पानीको व्यवस्था गरिएको छ ।

    पोखरेलद्वारा शुद्ध प्रशोधित पिउने पानी (१००० लिटर भण्डारण क्षमताको ट्यांकी सहित) को व्यवस्था गरिएकोमा अर्घाखाँची अस्पतालका प्रमुख डा.जगन्नाथ तिवारीले रामप्रसाद पोखरेल तथा समस्त पोखरेल परिवारलाई धन्यवाद दिदैँ सम्मान-पत्र प्रदान गरेका छन ।

    डा.तिवारीले अस्पताललाई ठुलो सहयोग पुगेको र अस्पतालमा आउने बिरामीको लागि चौँबिसै घण्टा तातो तथा चिसो पानीको ब्यवस्था भएको बताएका छन । उनले यसबाट सबैलाई सामाजिक क्षेत्रमा लाग्न प्रेरित गरेको बताए ।

    उक्त कार्यक्रममा लुम्बिनी पुर्व प्रदेश सभा सदस्य निर्मला क्षेत्री, नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका सभापति बाबुराम भुसाल, सामाजिक अभियन्ता सरोज भुसाल लगायतको उपस्थिति रहेको थियो ।

    1000042771.jpg1000042802.jpg

    त्यस्तै पोखरेल परिवारले सुपा देउराली मन्दिर, अर्घा भगवती मन्दिरमा समेत शुद्ध प्रशोधित पिउने पानी (१००० लिटर भण्डारण क्षमताको ट्यांकी सहित) को व्यवस्था गरेका हुन ।

    1000042805.jpg1000042806.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend