Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हिमालको सुन्दर दृश्य देखिने 'मोहरे डाँडा'


११, जेठ २०८२
  • 239
    SHARES
  • हिमालको सुन्दर दृश्य देखिने 'मोहरे डाँडा'

    म्याग्दी । वरिपरि हिमालहरुको सुन्दर दृश्य । हरियाली वनपाखा, रमणीय हिमश्रृङ्लाको दृश्य अवलोकन गर्न सकिने उत्कृष्ट पर्यटकीय गन्तव्य हो मोहरे डाँडा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चे गाउँको शिरमा पर्ने मोहरे डाँडा ३ हजार तीनसय १० मिटरको उचाइमा पर्दछ ।

    यहाँबाट हिमश्रृङ्खलाको दृश्यका साथै बिहानको सूर्योदय र साँझमा सूर्यास्तको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । मोहरे प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।

    मौसम सफा हुँदा मोहरेडाँडाबाट सिस्ने, गुर्जा, धौलागिरि, माछापुच्छ्रे मनास्लु र अन्नपूर्ण जस्ता दर्जनौं बढी हिमालहरुको अवलोकन गर्न सकिन्छ । साथै यहाँबाट पोखरा बजारसँगै फेवाताल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, म्याग्दी, पर्वत, बागलुङ,कास्की,पाल्पा लगायत जिल्लाका अग्ला रमणीय टाकुराहरु देख्न सकिन्छ ।

    मोहरेलाई पर्यटकीय गत्तव्यका रुपमा विकास गर्न गाउँपालिकाले पदमार्ग लगायतका पर्यटकीय पूर्वाधार निर्माणलाई जोड दिएको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए ।

    उनले भने, ‘‘मोहरे डाँडा प्रकृतिको अनुपम उपहार हो । अन्नपूर्ण पदयात्रामा पर्ने मोहरेलाई वडा र गाउँपालिकाले प्रचारप्रसार गरी पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न खोजेका छौं ।’’ पर्यटकीय सिजनमा यहाँ आन्तरिक एवम् बाह्य पर्यटकको भीड लाग्ने उनले बताए ।

    मोहरे जानका लागि बेनी–जोमसोम–कोरला सडकको घुमाउने तालबाट उकालो चढेपछि धौलागिरि अन्नपूर्ण सामुदायिक पदयात्रा सुरु हुन्छ । घुमाउने तालबाट बाँसखर्क, डाँडाकटेरी, नाँगी हम्पाल हुँदै मोहरे डाँडा पुगिन्छ । ग्रामीण परिवेश रहेको यस ठाउँमा मगर संस्कृति, हिमश्रृङ्खला सूर्योदयको दृश्यावलोकन र गुराँसमय जंगल यो पदमार्गको मुख्य आकर्षण हो ।

    पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीदेखि माझफाँट,लेकफाँट,सालिजा,हम्पाल, जलजला हुँदै पनि एकदिनको यात्रापछि मोहरे डाँडा पुग्न सकिन्छ । जलजलासम्म यातायातका साधनबाट र त्यहाँबाट तीनघण्टाको पैदलयात्रा पछि मोहरे डाँडा पुग्न सकिन्छ ।

    पर्यटको सुविधाका लागि यहाँ ६० भन्दा बढी पर्यटक अटाउन सक्ने गरी सामुदायिक जल सञ्चालन गरिएको छ । घोडेपानी र पुनहिल भ्रमणमा पुगेका पर्यटकहरु मोहरेको भ्रमणमा जाने गरेको वडाध्यक्ष गर्बुजाले बताए ।

    गर्बुजाका अनुसार मोहरे डाँडा पुगेका पर्यटकहरु आधा घण्टाको पर्यदलयात्रा पछि पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङस्थित कोखेडाँडा पुग्न गर्दछन् । समुन्द्री सतहबाट तीनहजार तीनसय नौं मिटरको उचाईमा रहेको कोखेडाँडा पनि पर्यटकीय गन्तब्यका रुपमा विकास भएको छ । 

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend