काठमाण्डौं । नेकपा एमालेले भ्रष्टाचारविरुद्ध काठमाण्डौंमा प्रदर्शन गरेको छ । काठमाण्डौंको भृकुटीमण्डपमा एमाले नेता–कार्यकर्ताहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ लेखिएको ब्यानर बोकेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको भोलिपल्टै एमालेले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा एमाले नेताहरु महेश बस्नेत, ठाकुर गैरे, विशाल भट्टराई, सुजाता शाक्य, अनेरास्ववियु अध्यक्ष समिक बडाल लगायत सहभागी रहेका छन् ।