Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दाङको घोराही कारागारमा दिशाजन्य फोहोरबाट बायोग्यास उत्पादन


२७, जेठ २०८२
  • 173
    SHARES
  • दाङको घोराही कारागारमा दिशाजन्य फोहोरबाट बायोग्यास उत्पादन

    दाङ । घोराही कारागारमा दिशाजन्य फोहोरबाट बायोग्यास उत्पादन गरिएको छ ।

    पछिल्लो समय फोहोरको समस्या बढिरहेको हुँदा यसलाई व्यवस्थापन गर्नका लागि बायोग्यास उत्पादन गरिएको कारागार कार्यालय घोराहीका कार्यालय प्रमुख लक्ष्मण सिँह राठौरले जानकारी दिए ।

    ५० घनमिटर क्षमताको बायोग्यासबाट अहिले पनि ८० जनाको लागि खाना पकाउन सहयोग पुगेको कारागार घोराहीले जनाएको छ । अहिले पर्याप्त फोहोर नभएकाले यसमा गोबर र अन्य सामग्री पनि प्रयोग गर्न सकिने उनको भनाइ छ ।

    विभिन्न ठाउँमा फोहोरजन्य वस्तुलाई व्यवस्थापनमा समस्या हुँदै आएको अवस्थामा आफूहरुले गरेको कामले फोहोरको व्यवस्थापनसँगै बायोग्यास समेत उत्पादनमा टेवा पुगेको कारागार घोराहीका प्रमुख राठौरले बताए ।

    बायोग्यास उत्पादनबाट खाना पकाउने एलपी ग्यासको बचत र दिशाजन्य फोहोरलाई समेत व्यवस्थापन गर्न निकै सहज भएको उनको भनाइ छ ।

    अहिले घोराही कारागार कार्यालयमा चार सय २७ जना कैदीबन्दी रहेका छन् । बायोग्यास प्लान्ट निर्माणका प्रतिनिधि हरिशरण श्रेष्ठले फोहोर व्यवस्थापनमा दिशाजन्य बायोग्यास व्यवस्थापन प्रभावकारी रहेको बताए ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend