Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कृषाको निर्देशनमा 'जहाजैमा' निर्माण हुने, मुख्य भूमिकामा जापानी अभिनेत्री


२७, जेठ २०८२
  • 191
    SHARES
  • कृषाको निर्देशनमा 'जहाजैमा' निर्माण हुने, मुख्य भूमिकामा जापानी अभिनेत्री

    काठमाडौँ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’बाट चर्चामा आएकी निर्देशक कृषा चौलागाईंले तेस्रो फिल्मको रुपमा ‘जहाजैमा’ बनाउने भएकी छन् ।

    मंगलबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको छ । फिल्मलाई यूएनए प्रोडक्सनले निर्माण गर्नेछ । केही हप्ताअघि कम्पनीले जापानमा कृषालाई फिल्मको निर्देशकमा अनुबन्धित गरेको थियो । 

    थिम पोस्टरमा एक पुरुष जहाज चढ्न विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखिन्छ । निर्देशक चौलागाईंका अनुसार फिल्मले जापान जाने सपना बोकेका युवाहरुको कथा भन्नेछ । उज्ज्वल गुरागाईं निर्माता रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

    निर्माण पक्षले फिल्मका कलाकारको लाइनअप सार्वजनिक गरेको छैन । तर, केही दिनअघि निर्देशक चौलागाईंले एक जापानी अभिनेत्रीसँगको फोटो फेसबुकमा सेअर गर्दै चाँडै नाम सार्वजनिक गरिने बताएकी थिइन् । ती अभिनेत्री रजेल इचिमिया हुन् । ‘बि माइ गेस्ट, बि माइ बेबी’ जस्ता जापानी फिल्ममा अभिनय गरिसकेकी रजेल ‘जहाजैमा’मा मुख्य भूमिकामा देखिनेछिन् ।

    सन् २०२६ मा रिलिज लक्ष्य राखिएको फिल्मको छायांकन आगामी भदौमा गरिनेछ । नेपाल, जापान र फिलिपिन्समा छायांकन हुने फिल्ममा नेपाल र जापानका कलाकारहरुको अभिनय रहने जनाइएको छ । हाल फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend