Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महिलाको आर्थिक सशक्तिकरणका लागि सात दिने हस्तकला तालिम सम्पन्न


७, असार २०८२
  • 270
    SHARES
  • महिलाको आर्थिक सशक्तिकरणका लागि सात दिने हस्तकला तालिम सम्पन्न

    सन्धिखर्क, अर्घाखाँची । शितगंगा नगरपालिका वडा नं. १४ का महिलाहरूलाई लक्षित गरी "निर्णायक तहमा महिलाको अर्थपूर्ण सहभागीताका लागि क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तिकरण कार्यक्रम" अन्तर्गत सात दिने हस्तकला तालिम सम्पन्न भएको छ ।

    नेपाल चेतना केन्द्र (NCK) को आयोजना र टेवा नेपालको सहयोगमा आयोजित सो तालिम "प्लास्टिक तथा कागजबाट सजावटका सामग्री निर्माण" विषयमा केन्द्रित थियो। तालिममा ३० जना सहभागी र ३ जना प्रशिक्षक रहेका थिए ।

    समापन समारोहमा शितगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेलले महिलाहरूको आत्मनिर्भरता सुनिश्चित गर्न उनीहरूको क्षमता विकास अपरिहार्य रहेको बताउनुभयो । उहाँले नगरपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो ।

    त्यस्तै, पूर्व सांसद तथा नेपाल चेतना केन्द्रकी संस्थापक अध्यक्ष निर्मला क्षेत्रीले जबसम्म महिलाहरूको आर्थिक, सामाजिक र राजनीतिक पहुँच विस्तार हुँदैन, तबसम्म देशको समृद्धि सम्भव नहुने धारणा व्यक्त गर्नुभयो ।

    समापन कार्यक्रममा वडा नं. १४ का अध्यक्ष दामोदर न्यौपाने, हेफर नेपाल बुटवल क्षेत्रीय कार्यालयका सिनियर प्रोग्राम म्यानेजर प्रेम साम्वयु, रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्री, गंगाजल सहकारीका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको स्वागत मन्तव्य सिता दर्लामीले राख्नुभयो भने सञ्चालन गंगाजल कृषि सहकारी प्रबन्धक कृष्णा दर्लामीले गर्नुभएको थियो। सात दिने तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागी महिलाहरुलाई समापन समारोहका अवसरमा प्रमाण–पत्र प्रदान गरिएको थियो ।

    आयोजक संस्थाका अनुसार कार्यक्रमले महिलाहरुलाई भविष्यमा स्वरोजगार र सामूहिक उद्यममार्फत आत्मनिर्भर बन्ने मार्गमा प्रेरणा दिने उद्देश्य राखेको छ । नेपाल चेतना केन्द्रले यस्ता सीपमूलक कार्यक्रमलाई आगामी दिनहरूमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend