Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलको समग्र विकासका लागि ठूला योजनामा बजेट विनियोजन, रोजगारी, कृषि र सौन्दर्यीकरण प्राथमिकतामा


२६, असार २०८२
  • 93
    SHARES
  • बुटवलको समग्र विकासका लागि ठूला योजनामा बजेट विनियोजन, रोजगारी, कृषि र सौन्दर्यीकरण प्राथमिकतामा

    बुटवल ।  बुटवल उपमहानगरपालिकाले आगामी वर्षका लागि सामाजिक, भौतिक र आर्थिक विकासलाई प्राथमिकता दिँदै विभिन्न योजनामा ठूला बजेट विनियोजन गरेको छ। उपप्रमुख मनु अर्यालका अनुसार, पाल्पाको तिनाउ गाउँपालिकास्थित झुम्सा खानेपानीको मुहान क्षेत्रको संरक्षण र बुटवलमा पानी ल्याउन २ करोड रुपैयाँ विनियोजन गरिएको छ। गृहिणी महिलालाई स्वरोजगारसँग जोड्नका लागि ३ करोड, उद्यमशील महिलाका लागि ७० लाख र दलित समुदायका परम्परागत पेशालाई सीप विकास केन्द्रको रूपमा अघि बढाउन ८५ लाख विनियोजन गरिएको छ ।

    त्यस्तै, बुटवल क्षेत्रका मुख्य र भित्री सडकहरूको हरियाली विस्तार र सौन्दर्यीकरणका लागि ३ करोड, ऐतिहासिक जितगढी किल्ला नजिकै आरती केन्द्र निर्माणका लागि ५ करोड र गौशाला व्यवस्थापनका लागि १ करोड बजेट छुट्याइएको छ। कृषिमा आधारित योजनामा पनि उच्च प्राथमिकता दिँदै किसान समूहलाई उपकरण खरिदमा अनुदान स्वरूप १ करोड र दुग्ध उत्पादक किसानहरूलाई प्रोत्साहनस्वरूप ५० लाख विनियोजन गरिएको हो ।

    नगरका व्यस्त व्यापारिक क्षेत्रहरू कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रीकालीन बजार सञ्चालनका लागि ५० लाखको व्यवस्था गरिएको छ । यस्तै, अव्यवस्थित बसोबास र सुकुम्बासी क्षेत्रको नापजाँच व्यवस्थापनमा १ करोड ५० लाख तथा पुनःनापीका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख अर्यालले जानकारी दिइन् ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend