Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सञ्चालक स्वार्थः बचतकर्ताको जीवन अस्तव्यस्त


३१, असार २०८२
  • 448
    SHARES
  • सञ्चालक स्वार्थः  बचतकर्ताको जीवन अस्तव्यस्त

    रमेश बस्नेत, काठमाडौँ । नेपालका सहकारी संस्थामा संचालकहरूको व्यक्तिगत स्वार्थले अर्बौं रुपैयाँसम्मको रकम बचतकर्ताका हिनामिना गरेका छन् । एक अनुसन्धान रिपोर्टले देखाए अनुसार  संचालकहरू आफ्नो व्यक्तिगत फाइदाका लागि बचतकर्ताको रकमलाई गैरकार्य र स्वार्थपरक लगानीमा लगाएका छन्, जसले गर्दा बचतकर्ताको जीवन नै अस्तव्यस्त भएको छ  ।

    नेपाल प्रहरीका तथ्यांक अनुसार पछिल्ला तीन आर्थिक वर्षमा सहकारीको ठगीसम्बन्धी २१२ मुद्दा दर्ता भएका छन्, जसमा ८० अर्ब रुपैयाँभन्दा बढीको रकम फिर्ता नहुने अवस्था छ । संसदीय छानबिन समितिले ४० समस्याग्रस्त सहकारीको अध्ययन गर्दा ८७ अर्ब ८९ करोड रुपैयाँ धाँधली भएको निष्कर्ष निकालेका थिए ।

    विशेषगरी, संचालकहरूले अर्कै व्यवसाय, जग्गा, अस्पताल वा सेयरमा रकम लगानी गरेका छन्, जसले बचतकर्ताको रकम फिर्ता हुनै दिएन र उनीहरूलाई आर्थिक संकटमा पुऱ्यायो । पीडितहरू लामाे समयदेखि आन्दोलनरत छन् ।

    यस अवस्थामा बचतकर्ताको हितमा र वर्तमानमा स्वतन्त्र छानबिन समिति गठन, ट्रान्सपरेन्सी र अडिट रिपोर्ट सार्वजनिक गर्ने, कडा कानुनी कार्यविधि लागू गर्ने, र नियमन प्रणाली बलियो बनाउने सिफारिस राम्ररी सम्बोधन हुनुपर्छ। राजनीतिक, सञ्चालक र आर्थिक स्वार्थका चक्रव्यूहमा फसिरहेका बचतकर्तालाई न्यायसम्म पुग्न दृढ कदम चाल्न सरकार र नियामक निकायहरू जिम्मेवार बन्नुपर्ने देखिन्छ ।

     
     

  • ‘देवदह खोज्दा भेटिएको बुद्धकाल’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

    बुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे डा.कृष्णप्रसाद

  • कांग्रेसको एकता बिना लोकतन्त्र बलियो हुन सक्दैन : गगन थापाको नेतृत्व र देउवाको अभिभावकत्व

    नेपाली कांग्रेस यतिबेला एउटा राजनीतिक दलभित्रको सामान्य आन्तरिक विवादको अवस्थामा मात्र छैन। पार्टीभित्र विकसित पछिल्ला

  • जेन्जी आन्दोलनको एक वर्ष : सरकार ढल्यो, राज्य बदलियो त?

    ७६ सहिदको बलिदानपछि पनि उही प्रश्न-सरकार परिवर्तन भयो, तर शासनशैली र राज्य संयन्त्र कति बदलियो? गोविन्द

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend