Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भूमिकास्थान नगरपालिकाको एक वर्षे प्रगति: लक्ष्यभन्दा १२ लाख बढी राजस्व संकलन, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा उल्लेखनीय सुधार


२, साउन २०८२
  • 171
    SHARES
  • भूमिकास्थान नगरपालिकाको एक वर्षे प्रगति: लक्ष्यभन्दा १२ लाख बढी राजस्व संकलन, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा उल्लेखनीय सुधार

    अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा उल्लेखनीय उपलब्धि हासिल गर्दै आन्तरिक राजस्व संकलनमा ८२ लाखको लक्ष्य पार गरी ९४ लाख १७ हजार रुपैयाँ संकलन गर्न सफल भएको छ। नगरपालिकाले शुक्रबार आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरेको हो।

    योजनाशाखा प्रमुख हरिश्चन्द्र भुसालका अनुसार, विगत एक वर्षमा ८६ करोड ८८ लाख ४७ हजार रुपैयाँ बजेटबाट ४१३ वटा कार्यक्रम अन्तर्गत १८२ योजना कार्यान्वयनमा ल्याइएका छन्। प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले भौतिक प्रगति ९५ प्रतिशत र वित्तीय प्रगति ८९.१४ प्रतिशत रहेको जानकारी दिनुभयो।

    पालिकाले गत वर्ष ३ किलोमिटर सडक कालोपत्रे, ५.५ किलोमिटर ग्राभेल, प्रत्येक वडामा एक/एक गरी १० वटा मुख्य सडकको स्तरवृद्धि, ५३४ घरमा खरको छाना हटाएर जस्ता छाना लगाउने कार्य सम्पन्न गरी पालिकालाई "खरमुक्त" बनाउने दिशामा उल्लेखनीय सफलता प्राप्त गरेको छ।

    नगरपालिकाको “कर्मशिल जनशक्ति परिचालन कार्यक्रम” अन्तर्गत २ सय ९ जनाले ६,४७६ दिनको काम गरेका छन् भने बाँझो जमिनलाई खेतीयोग्य बनाएर उत्पादन र बजारिकरणमार्फत आन्तरिक आम्दानी वृद्धि गरिएको छ।

    स्वास्थ्यतर्फ वडातहमा आयोजित विशेषज्ञ र घुम्ती शिविरहरू, गाउँघर क्लिनिकमार्फत जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र एकल महिलालाई लक्षित सेवा प्रवाह गरिएको छ। स्वस्थ जीवनशैलीका लागि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।

    शिक्षामा पनि उल्लेख्य सुधार देखिएको छ। कक्षा ८ को नतिजा १८ प्रतिशतबाट २९ प्रतिशत र कक्षा १० को नतिजा २२ प्रतिशतबाट ५५ प्रतिशतमा पुगेको दाबी गरिएको छ।

    कृषिमा रैथाने बीउ संरक्षण, अन्न उत्पादन वृद्धि, व्यवसायिक कृषि र बजारिकरणमा समेत उल्लेखनीय प्रगति भएको उल्लेख गरिएको छ।

    कार्यक्रममा नगरप्रमुख झविलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत नेपाली लगायतले सिमित स्रोतमा मितव्ययी ढंगले काम गरी भूमिकास्थानलाई जिल्लाकै नमुना पालिका बनाउने दाबी गर्नुभयो।

    कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसनको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले नेता प्रेमलाल भुसाल, पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष गणेश खनाल, शिक्षक प्रतिनिधि, वडाध्यक्ष, महिला, जेष्ठ नागरिक तथा अन्य सरोकारवालाको उपस्थिति थियो।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend