Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ सार्वजनिक, सोलुखुम्बुको संस्कृति प्रवर्द्धनमा योगदान


२, साउन २०८२
  • 137
    SHARES
  • गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ सार्वजनिक, सोलुखुम्बुको संस्कृति प्रवर्द्धनमा योगदान

    काठमाडौं । गायिका देविका बन्दनाको नयाँ म्युजिक भिडियो ‘सोलुको मैच्याङ’ आज विशेष समारोहबीच सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, संगीतकार राजु सिंह, थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईलगायतको उपस्थिति थियो ।

    गायिका बन्दनाले सोलुखुम्बुको पर्यटन र सांस्कृतिक समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले गीत सृजना गरिएको बताइन्। चीन भ्रमणका क्रममा सोलुखुम्बुका जनप्रतिनिधिहरूसँगको साक्षात्कारले आफूलाई प्रेरणा दिएको उनले स्पष्ट पारिन् ।

    प्रमुख अतिथि असिम राईले गीतमा सोलुखुम्बुको झल्को स्पष्ट देखिएको भन्दै गायिकाप्रति आभार व्यक्त गरे। उनले गीत पुनः छायांकन गर्नुपर्ने खण्डमा गाउँपालिकाले आवश्यक खर्च बेहोर्ने प्रतिबद्धता जनाए ।

    वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सरलाई जितेर फेरि कलाकारितामा फर्किएकी देविका बन्दनालाई प्रशंसा गर्दै गीतको सफलताको शुभकामना दिए ।

    गीतमा शब्द रचना देविकाकै हो भने संगीत तथा एरेञ्ज किरण कँडेलको रहेको छ। कमल राई निर्देशित म्युजिक भिडियोमा सत्यकला लामा, फुर्बा ग्याल्बो मोक्तान ‘थुप्तेन’ र विशाल गुरुङले मोडलिङ गरेका छन् ।

    कार्यक्रममा गायिकाले भिडियो छायांकन गरिएको कदम्पा गुम्बाका प्रतिनिधिलाई आर्थिक सहयोग पनि प्रदान गरिन्। गुम्बामा हाल करिब ७ सय बालबालिका अध्ययनरत छन् ।

    देविका बन्दनाले १०० भन्दा बढी चलचित्रका गीतमा स्वर दिइसकेकी छन्। उनका ‘भरे आउँछु सपनीमा’, ‘यस्तै रहेछ यहाँको चलन’, ‘मास्टर साहेब सिकाइदेऊ पिरती’ लगायत गीतहरू अत्यन्त लोकप्रिय छन्।

    ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो देविका बन्दना नामक युट्युब च्यानलमा हेर्न सकिन्छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend