Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ‘मसुरीको दाना’ गीत सार्वजनिक


११, साउन २०८२
  • 122
    SHARES
  • जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ‘मसुरीको दाना’ गीत सार्वजनिक

    काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक गरिएको छ। अञ्जु पन्त र एसडी योगीको सुमधुर स्वर रहेको गीतमा हर्क साउदको शब्द र एसडी योगीको संगीत संयोजन रहेको छ।

    सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी लगायत फिचर छन्। गीतले प्रेममा रहेका जोडीहरूको भावनात्मक कथा चित्रण गर्छ। दुनियालाई मन पर्ने तर व्यक्तिगत जीवनमा अपूरा रहेका प्रेमिल पात्रहरूको यथार्थ बोकेको गीतमा प्रेमी–प्रेमिकाको मन छुने संवाद प्रस्तुत गरिएको छ।

    गीतमा प्रयोग गरिएका टिपिकल नेपाली शब्दहरूले भावनात्मक गहिराइ थपेका छन्। प्रेमिकाले प्रेमीका लागि आफू योग्य रहेको कुराबाट गीत सुरु हुन्छ भने प्रेमीको नजरले आफूलाई हुरुक्कै बनाएको अनुभूति व्यक्त गरिएको छ। गीतमार्फत एकले अर्कालाई जीवनभर सँगै रहने चाहना व्यक्त गरेका छन्।

    भिडियोमा कोरस कलाकारहरूको प्रभावशाली उपस्थितिसँगै विजय बरालले कोरियोग्राफीमा गरेको मेहनत प्रस्ट देखिन्छ। ‘क्यारेक्टर आर्टिस्ट नाच्न सक्दैनन्’ भन्ने भनाइलाई तोड्दै उनले उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन्।

    हिमाल न्यौपाने निर्देशित यो चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, भावना खपांगी मगर लगायतको अभिनय छ। चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले तयार पारेका हुन्।

    कमल न्यौपाने र विमल न्यौपानेले पेपरक्लिपको ब्यानरमा निर्माण गरेको चलचित्रको एसोसिएट निर्देशक मनिष राउत हुन्। कार्यकारी निर्मातामा नारायण तिम्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् ।

    चलचित्रमा शाहिल खानको टिजर–ट्रेलर निर्माण, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर, चुल्ठे काजीको एक्सन निर्देशन तथा लक्ष्मणराज पौडेल निर्माण नियन्त्रकका रूपमा रहेका छन् ।

    ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो सफल फिल्मपछि विजय बरालको मुख्य भूमिकामा रहेको *‘जनै हराएको मान्छे’*लाई दर्शकहरूले यस वर्षको एक बहुप्रतिक्षित चलचित्रका रूपमा हेरिरहेका छन् । चलचित्रको वितरण जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ ।

     
     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend