Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तीज लक्षित गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक, मेलिना र अनुको स्वरमा सांगीतिक मिठास


१३, साउन २०८२
  • 151
    SHARES
  • तीज लक्षित गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक, मेलिना र अनुको स्वरमा सांगीतिक मिठास

    काठमाडौं । हरितालिका तीजको अवसरमा लक्षित गर्दै नयाँ तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक गरिएको छ। नेपमेलोको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस गीतमा शब्द रचना बिनिता खनालको रहेको छ भने संगीत संयोजन तारा प्रकाश लिम्बुले गरेका हुन् ।

    गीतमा हालका चर्चित गायिकाहरू मेलिना राई र अनु चौधरीको सशक्त स्वर सुन्न सकिन्छ । गीतले तीजको सांस्कृतिक र भावनात्मक पक्षलाई उजागर गर्ने प्रयास गरेको छ ।

    भिडियो पक्षमा पनि उत्कृष्ट टीमले काम गरेको देखिन्छ। भिडियोमा मोडेल आश्मा विश्वकर्मा र अलिशा शर्मा फिचर्ड छन्, जसमा उनीहरू आमाले तयार पारिरहेको ‘दर’ सम्झिँदै रमाइरहेका देखिन्छन् ।

    भिडियो शान थापाको कन्सेप्ट तथा निर्देशनमा बनेको हो भने कोरियोग्राफीमा राजिव सम्मर, छायांकनमा अर्जुन तिवारीले योगदान दिएका छन् ।

    गीतकी रचनाकार बिनिता खनालले यसअघि पनि लोकधाराका थुप्रै गीतहरू सार्वजनिक गरिसकेकी छन्। विशेषगरी उनको ‘पदमबिनी’ एल्बमले राम्रो चर्चा पाएको थियो ।

    निर्माणपक्षका अनुसार, यस वर्षको तीजलाई अझ रंगीन र उल्लासमय बनाउने उद्देश्यले ‘दर बनाइराछिन् आमा’ प्रस्तुत गरिएको हो ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend