काठमाडौँ । सहिद कमलप्रसाद शर्माको जीवनीमा आधारित आधुनिक गीत 'आँशु झार्दिन' को म्युजिक भिडियो आज सार्वजनिक गरिएको छ । आधार महिला समाज नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की स्थायी समिति सदस्य जयपुरी घर्तीले औपचारिक रूपमा भिडियो सार्वजनिक गरिन् ।
गीतमा सहिद शर्माकी धर्मपत्नी भगवती प्रधानको शब्द संकलन रहेको छ भने गायिका निर्मला घिसिङले स्वर दिएकी छन् । रमण थामीको संगीत संयोजन रहेको यस गीतको म्युजिक भिडियोमा मिराज विक्रम सिंह, मान्सी शर्मा, टीका बाँस्तोला, गणेश जिसी, मानव चौधरी, सुनिल विश्वकर्मा, कविता पुन मगर, प्रस्तुति परियार, सन्ध्या मगर, सरोज राई, निशा खडका र राधिका साउदले अभिनय गरेका छन् ।