Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुटिएका सामान खरिद-बिक्री नगर्न प्रहरीको चेतावनी, किनेको पाइए कारबाही हुने


२७, भदौ २०८२
  • 182
    SHARES
  • लुटिएका सामान खरिद-बिक्री नगर्न प्रहरीको चेतावनी, किनेको पाइए कारबाही हुने

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा लुटिएका सामान खरिद-बिक्री नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्रदर्शनको फाइदा उठाउँदै चोरी भएका सामान किनेको वा लुकाएको पाइएमा कडा कानुनी कारबाही गरिने ब्यूरोले चेतावनी दिएको हो।

    ब्यूरोले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, बैंक तथा वित्तीय संस्थाहरूमा आगजनी र तोडफोड गर्नुअघि त्यहाँबाट ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु, नगद, र अन्य महत्त्वपूर्ण जिन्सी सामान लुटपाट भएको सूचना प्राप्त भएको जनाएको छ।

    लुटिएका ती सामग्रीहरू बजारमा बिक्री-वितरण भइरहेको भन्ने सूचनाका आधारमा ब्यूरो र अन्य प्रहरी कार्यालयहरूले अनुसन्धान अगाडि बढाएको विज्ञप्तिमा उल्लेख छ।

    ‘चोरी तथा लुटपाट भएका सामानहरूको खरिद, बिक्री तथा सञ्चय गरेको पाइएमा प्रचलित कानुनबमोजिम अनुसन्धान गरी कारबाही हुने व्यहोरा जानकारी गराइन्छ,’ ब्यूरोद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    प्रहरीले त्यस्ता लुटिएका सामानहरू कसैले बिक्री गर्न ल्याएमा वा कसैले खरिद गरेको जानकारी पाएमा तत्काल नजिकको सुरक्षा निकायमा खबर गर्न सर्वसाधारणलाई अपिल गरेको छ। साथै, यदि कसैले त्यस्ता सामान फेला पारेमा वा प्राप्त गरेमा नजिकको प्रहरी कार्यालयमा बुझाउनसमेत अनुरोध गरिएको छ।

    प्रदर्शनको अराजक अवस्थाको फाइदा उठाउँदै आपराधिक समूहहरूले विभिन्न स्थानबाट महत्वपूर्ण कागजात र धनमाल लुटेको र तिनलाई सामान्य बजारमा बेच्न खोजिरहेको हुनसक्ने प्रहरीको आशंका छ।

    प्रेस-विज्ञप्ती-2082-05-27

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend