Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

“हाम्रो घर जलेको मात्र हो, ढलेको होइन” — मुख्यमन्त्री पत्नीको भावुक भनाइ


३०, भदौ २०८२
  • 241
    SHARES
  • “हाम्रो घर जलेको मात्र हो, ढलेको होइन” — मुख्यमन्त्री पत्नीको भावुक भनाइ

    अर्घाखाँची l भदौ २३ र २४ गतेको घटनामा घर जलेर खरानी बनेकी मुख्यमन्त्री चेतनारायण आचार्यकी पत्नी दीपा आचार्यले भावुक मनोदशा व्यक्त गर्दै भनिन् — “हाम्रो घर जलेको मात्र हो, ढलेको होइन ।

    धुलो टकटकाउँदै हामी फेरि उठ्नेछौं ।” दीपाले घटनापछि पहिलोपटक सार्वजनिक रूपमा बोल्दै घर केवल इँटा–ढुङ्गा मात्र नभई जीवनभरको पसिना, ऋण र मेहेनतको प्रतिफल भएको बताइन्। उनले भनिन् — “हाम्रो घरले कसैको के बिगारेको थियो? हामीले समाज र देशकै लागि त्याग गरेका छौं, तर यसरी आगो लगाइयो।

    यो हाम्रो मात्र नभई समाजकै पीडा हो।” आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीलाई दीपा आचार्यले “घुसपैठ र षड्यन्त्रकारी गतिविधि” को परिणाम भन्दै जेन्जी पुस्ताको नाममा भएको हिंसालाई “कलंक” भनेकी छिन्। उनले स्मरण गरिन् — श्रीमान् चेतनारायण आचार्यले राजनीतिमा ईमानदारीका साथ योगदान दिंदै मुख्यमन्त्री हुँदा भिआइपी सुविधा कटौती, सार्वजनिक स्थलमा मात्र कार्यक्रम गर्ने, होटल संस्कृतिको अन्त्यजस्ता सुधारात्मक पहल गरेका थिए।

    “हामीले कहिल्यै भ्रष्टाचार गरेका छैनौं। प्रमाणित गर्न सके हामी सजाय भोग्न तयार छौं,” उनले चुनौती दिइन्। साधारण जीवनशैलीमा बसेको उल्लेख गर्दै उनले थपिन् — “मुख्यमन्त्री पद रहुन्जेल नयाँ साडी किन्ने छैन भनेर मैले प्रण गरिसकेकी छु। त्याग हाम्रो संस्कार हो।” दीपाले समाजलाई सम्बोधन गर्दै भनिन् — “उक्साउने सजिलो हुन्छ, तर नियन्त्रण गर्न गाह्रो हुन्छ। आज म सडकमा छु, अरूको आश्रयमा बस्नुपरेको छ। यो पीडा कसैलाई नपरोस्।”

  • ‘देवदह खोज्दा भेटिएको बुद्धकाल’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

    बुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे डा.कृष्णप्रसाद

  • कांग्रेसको एकता बिना लोकतन्त्र बलियो हुन सक्दैन : गगन थापाको नेतृत्व र देउवाको अभिभावकत्व

    नेपाली कांग्रेस यतिबेला एउटा राजनीतिक दलभित्रको सामान्य आन्तरिक विवादको अवस्थामा मात्र छैन। पार्टीभित्र विकसित पछिल्ला

  • जेन्जी आन्दोलनको एक वर्ष : सरकार ढल्यो, राज्य बदलियो त?

    ७६ सहिदको बलिदानपछि पनि उही प्रश्न-सरकार परिवर्तन भयो, तर शासनशैली र राज्य संयन्त्र कति बदलियो? गोविन्द

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend