Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सेल्टर चेन्ज गर्दा समातिए रायमाझी


१, जेठ २०८०
  • 120
    SHARES
  • सेल्टर चेन्ज गर्दा  समातिए रायमाझी

    काठमाण्डौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमा संलग्न रहेर पैसा उठाउने धन्दामा लागेको आरोपमा फरार एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी आइतबार साँझ पक्राउ परे। प्रहरीलाई चक्मा दिएर भागे पनि वारेन्ट जारी भएको ११ औं उनी समातिए। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीका अनुसार उनी बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ परेका हुन्। जहाँ उनी एक व्यक्तिको घरमा लुकेर बसेका थिए। 

    भारतसम्म पुगेको अड्कलबाजी भइरहेका बेला रायमाझी भने नेपालमा, त्यो पनि काठमाडौंबाटै समातिए। नक्कली भुटानी शरणार्थी प्रकरणका हाई प्रोफाइल रायमाझीबाहेक पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरिसकेको छ। बलियो प्रमाणका आधारमा उनीहरू समातिए पनि रायमाझी फरार रहँदै आएका थिए। रायमाझीको खोजीमा काठमाडौँ परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालयसँगै केन्द्रीय अनुसन्धान ब्युरोको समेत टोली परिचालित थियो। तर उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो।

    वैशाख १९ गते उनीसँगै उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। जतिबेला उनी गृहजिल्ला अर्घाखाँचीमा थिए। त्यसको भोलिपल्ट २० गते प्रहरीलाई फोन गरेर आफू प्रहरीसँगै काठमाडौं आउने बताए पनि उनी एकाएक बेपत्ता भएका थिए। उनी त्यसपछि भाग्दै हिँडे। अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसँग एक कार्यक्रमको सिलसिलामा पुगेका उनले नेपाल प्रहरीका आईजीपी वसन्त कुँवरलाई फोन गरेर आफू भोलिपल्ट आफैं काठमाडौं उपस्थित हुने बाचा गरेका उनले भागेर कतै गएनन्। 

    त्यसपछि मोबाइल फोन अफ गरेर लुक्दै हिँडेका उनी गायब भए। सम्पर्कविहीन भएका उनी त्यतैबाट पोखरा हानिए। उहाँले त्यसबेला सभामुखलाई पनि आफू काठमाडौँ आइपुग्छुु, भन्नुभएको रहेछ, प्रहरी उच्च स्रोतले उकेरासँग भन्यो, काठमाडौं फर्किन्छु भनेर उहाँ पोखरा जानुभएछ।

    लुक्दै हिँड्ने क्रममा पोखरालाई सेल्टर बनाएका जनयुद्धका कमाण्डरसमेत रहेका रायमाझी त्यसपछि अस्ति बेलुका शुक्रबार पोखराको सेल्टर चेन्ज गरेर काठमाडौँ आइपुगे। अनि उनी बुढानिलकण्ठ आसपासमा एक चिनजानका मानिसका घरमा बसेका स्रोत बताउँछ। उनी कहिले बुढानिलकण्ठमा कांग्रेस सभापति देउवाको घर त कहिले मन्दिर आसपास बस्न थाले।  

    सुरक्षा निकायले खासै याद नगर्ने स्थान भनेर होला उनी बुढानिलकण्ठको मन्दिर वरिवरि सेल्टर लिएर बसेको हामीले थाहा पायौँ, स्रोत बताउँछ। प्रहरीसँगको फोन सम्पर्कमा आफैं आउँछु भनी बेपत्ता भएपछि उनको खोजी तीव्र बनाउन आईजीपी कुँवर नै सक्रिय भएर लागिपरे। यसका लागि उनले सेन्ट्रल टिम एक्टिभ गरे। हिजो शनिबार बेलुका भने रायमाझी बुढानिलकण्ठमा बसेको लोकेसन प्रहरीले पत्ता लगायो। आईजीपीको स्पेसल टिमले यसबारे थाहा पाउनेबित्तिकै हाई अलर्टका साथ उनी बसेको स्थान छापा हान्यो। 

    र पनि उनी पत्ता लाग्न भने सकेनन्। उनी नजिकैको चिनजानको एक घरमा सेल्टर लिएर बसेका थिए। तर आज बिहान भने उहाँले फेरि उक्त स्थानमै सेल्टर चेन्ज गर्नुभयो, प्रहरी उच्च स्रोत भन्छ, सेल्टर चेन्ज गर्नासाथ भने उहाँ पक्राउ पर्नुभयो। नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित १२ जना प्रहरी हिरासतमा छन्। आइतबार मात्रै प्रहरीले पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र कांग्रेस पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ आदेश जारी गरेको छ। थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज भने फरारै छन्।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend