Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अधिकांश औषधि पसलमा अनधिकृत व्यक्ति


९, साउन २०८०
  • 126
    SHARES
  • अधिकांश औषधि पसलमा अनधिकृत व्यक्ति

    तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारमा सञ्चालित अधिकांश औषधि पसलमा अनुमतिपत्र (लाइसेन्स)  प्राप्त व्यक्ति नबसेको भेटिएको छ । व्यास नगरपालिकाको सक्रियतामा गरिएको अनुगमनका क्रममा अधिकांश त्यस्ता पसलमा असम्बन्धित व्यक्ति भेटिएको हो ।

    प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीको नेतृत्वमा भएको अनुगमनमा क्रममा औषधि पसलमा अनुमतिपत्र प्राप्त व्यक्ति बसेको हुनुपर्ने प्रावधान भए पनि त्यस्तो नभेटिएको हो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार २१ औषधि पसलमा अनुगमन गरिएको थियो । 

    उहाँले भन्नुभयो, “औषधि पसलमा फार्मेसी पढेका र अनुमतिपत्र  प्राप्त व्यक्तिमात्र बसेर औषधि बिक्री गर्न पाउँछन् । तर सञ्चालनमा रहेको अधिकांश औषधि पसलमा अनुमतिपत्र प्राप्त व्यक्ति भेटिएनन्् ।” त्यस्तै अनुगमनका क्रममा अधिकांश औषधि पसल  नगरपालिकामा दर्ता नभएको समेत भेटिएको उहाँले बताउनुभयो । 

    अनुगमन टोलीले वेदान्त मेडिकल, आयु औषधि पसल, युनिक फर्मा, सिटी मेडिकल, विजय मेडिकल, पाण्डे फार्मेसी, स्टार पारस मेडिकल, मिर्लुङ मेडिकल हल, ऋषि फार्मेसी, निष्ठा फार्मेसी, श्रेया फार्मेसी, राकु मेडिकल सेन्टर, राना मेडिकल हल, कृष्ण मेडिकल फर्मा, शीतल आयुर्वेद फर्मा, मित्रता फार्मेसी, हेल्थ केयर फार्मेसी, तनहुँ डेन्टल फार्मेसी, थापा मेडिकल हल र मिश्र मेडिकल हलमा अनुमगन गरेको थियो ।  

    नगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङका अनुसार फार्मेसी पढेका व्यक्तिले अनुमतिपत्र लिएर भाडामा दिने गरेको जनाइएको छ  स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने फर्मासिस्टहरू बढी मुनाफा आर्जन गर्ने लोभमा बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्दै निश्चित रकम लिएर भाडामा अनुमतिपत्र भाडामा लगाउने र फर्मासिस्ट पढेका प्राविधिक अन्यन्त्र काम गर्ने गरेको भेटिएको उहाँको भनाइ छ ।  अनुगमन टोलीले केही औषधि पसलबाट म्याद सकिएको औषधिसमेत जफत गरेको जनाएको छ । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend