Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

घोराही–तुलसीपुर चारलेनः करोडौको ठेक्काले काम नगरेपछि मर्मतसम्भार


९, साउन २०८०
  • 235
    SHARES
  • घोराही–तुलसीपुर चारलेनः करोडौको ठेक्काले काम नगरेपछि मर्मतसम्भार

    दाङ । दाङको घोराही–तुलसीपुर सडकखण्डको चार लेन सडक मर्मत गर्न थालिएको छ। पहिलो चरणमा बबई नदीबाट हापुर खोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम शुरु भएको छ । दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले अबको केही दिनमा तुलसीपुर क्षेत्रमा पनि काम शुरु हुने बताए।

    हापुर खोलादेखि तुलसीपुरसम्म बुधबारदेखि काम शुरु गरिने प्रमुख अधिकारीले जनाए। घोराही क्षेत्रको १५ किलोमिटर सडक निर्माण एक निर्माण कम्पनीले र तुलसीपुर क्षेत्रको १४ किलोमिटर सडक मर्मत अर्को निर्माण कम्पनीले ठेक्का पाएका छन्।

    घोराही क्षेत्रमा एक करोड ४२ लाख ५५ हजार रुपैयाँ र तुलसीपुर क्षेत्रमा एक करोड १६ लाख ९६ हजार लागतमा ठेक्का लगाइएको छ। घोराही–तुलसीपुर चारलेन सडक मर्मतका लागि ३ करोड बजेट विनियोजन गरिएको थियो। यसअघिको चारलेन सडक निर्माणको ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालय दाङले मर्मतका लागि ठेक्का आह्वान गरेको हो।

    यसअघि भारतको एक्जिम बैंकको ऋण लगानीमा चार लेन सडक निर्माण शुरु गरिएकोमा ५ वर्षसम्म पनि निर्माणले पूर्णता पाउनुको साटो सडक अलपत्र हुँदा  दुर्घटना हुँदै आएका छन् । सडकको बीच–बीचमा खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएपछि नागरिकले सास्ती खेप्दै आएका छन्  । जसका कारण नागरिकको चर्काे विरोधले सरकार पछिल्लो समय ठेक्का तोड्न बाध्य भएको हो।

    ठेक्का तोडिएसँगै ३ करोडको लागतमा सडक मर्मत गर्न लागिएको प्रमुख अधिकारीले बताए। उनले भने चारलेन सडक निर्माण गर्दा बिग्रिएको ठाउँमा हामीले मर्मत गर्ने हो,। आगामी असोज मसान्तसम्म काम सक्ने गरी सम्झौता भएको र वर्षाको समयमा एक महिना काममा बाधा उत्पन्न भएपनि तोकिएको समयमा काम सकेर आवतजावत सहज बनाउने गरी काम अघि बढाईएको दावी गरेका छन् ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend