Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वीर अस्पतालमा भिआईपी र भिभिआईपी उपचार कक्ष सञ्चालन


९, साउन २०८०
  • 131
    SHARES
  • वीर अस्पतालमा भिआईपी र भिभिआईपी उपचार कक्ष सञ्चालन

    काठमाडौं । वीर अस्पतालले विशिष्ठ व्यक्तिहरुका लागि आवश्यक सुविधा सहित थप भिआईपी र भिभिआईपी उपचार कक्ष सञ्चालनमा ल्याएको छ । वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भिआईपी र भिभिआईपीका लागि दुई शैया छुट्याइएकोमा अहिले नयाँ सर्जिकल भवनमा ३ शैया थप गरेर कुल ५ शैया सहितको सुविधा सम्पन्न कक्ष निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । वीर अस्पतालमा सञ्चालनमा आएको भिआईपी र भिभिआईपी उपचार कक्षको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले निरिक्षण गर्नुभएको थियो ।

    स्वास्थ्य मन्त्री बस्नेतले भिआईपी र भिभिआईपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भिआईपी र भिभिआईपी कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताउनुभयो । मन्त्री बस्नेतले अस्पतालले दिने सेवामा कुनै कमि हुन नदिन पनि न्याम्स र वीरका पदाधिकारीलाई निर्देशन दिनुभयो । त्यस्तै उहाले बीरमा बिहान ८ बजेदेखि नै बहिरंग सेवा सुरु गर्ने निर्णय प्रभावकारी देखिएको बताउनुभयो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालय केन्द्रीत रहेको जानकारी दिनुभयो । 

    वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र नीजि क्षेत्रका गरि १५ सदस्यिय विशेषज्ञ चिकित्सकको टीम बनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विशिष्ठ व्यक्ति उपचार कक्षमा आवश्यक उपकरण सहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतिक्षालय सहित किचेन समेतको सुविधा छ । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend