Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पत्रकारिताले आफ्नो धर्म छाड्नु हुँदैन-अध्यक्ष बस्नेत


९, साउन २०८०
  • 324
    SHARES
  • पत्रकारिताले आफ्नो धर्म छाड्नु हुँदैन-अध्यक्ष बस्नेत
    काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाज र जनताप्रति पत्रकारिताको ठूलो दायित्व हुने भएकाले आफ्नो धर्म छाड्न नहुने धारणा राख्नुभएको छ । नेपाल प्रेस काउन्सिलले आज यहाँ आयोजना गरेको पत्रकार आचारसंहिता कार्यान्वयनको २८औँ शृङ्खलामा अध्यक्ष बस्नेतले समाजप्रति जिम्मेवारी निर्वाह गर्दै पत्रकारिताले आफ्नो धर्म निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले राज्य र अन्य निकायले नसुनेका समस्या सञ्चारमाध्यमले उजागर गर्नुपर्नेमा जोड दिनुभयो । 
     
    “सरकार र विभिन्न क्षेत्रले नसुनेका कुराहरु सञ्चारमाध्यममा आइदिए हुने थियो भन्ने धेरैको चाहना हुन्छ, सत्य कुरा बाहिर ल्याउनका लागि सञ्चारमाध्यमको भर परेका हुन्छन्”, उहाँले भन्नुभयो, “पत्रकारिताले आफ्नो धर्म छाड्ने र आचारसंहिताको पालना नगर्ने हो भने समाज र जनताले गरेको विश्वासप्रति ठूलो धोका हुन्छ ।”
     
    छापा सञ्चारमाध्यमलाई परिष्कृत गर्दै डिजिटल माध्यमलाई समृद्ध बनाउने अवस्थामा आइपुगेको हुनाले अनलाइन पत्रकारितालाई स्वागत गर्नुपर्ने समय भएको उहाँले उल्लेख गर्नुभयो । “डिजिटल मिडियाको विकल्प छैन, पत्रकार को हो ? भन्ने समाजमा प्रश्न उठिरहेको छ”, उहाँले भन्नुभयो, “युट्युव लगायतका सामाजिक सञ्जालका कारणले पत्रकार को हो भनेर प्रष्ट पार्न जरुरी देखिएको छ, त्यसबारेका काउन्सिलले गृहकार्य गरिरहेको छ ।”
     
    नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारिता क्षेत्रलाई श्रम शोषणमुक्त क्षेत्र हो भन्ने भाष्य स्थापना गर्न जरुरी भएको बताउनुभएको छ । “अन्य क्षेत्रमा पनि श्रमको उचित मूल्य पाएका छैनन्, तर त्यो आवाज उठाउने सञ्चार क्षेत्रमा श्रमको शोषण हुनु हुँदैन”, उहाँले भन्नुभयो, “अरूका लागि पनि आवाज उठाउने सञ्चार क्षेत्रमै समस्या भयो भने कसरी आवाज उठाउन सकिन्छ  ?”
     
    पत्रकारिताप्रतिको जनविश्वास अझ बढाउने गरी काम गर्नका लागि सञ्चारगृह सञ्चालकलाई आग्रह गर्दै उहाँले पत्रकारिताको स्तर खस्किन नदिने गरी काम गर्नुपर्ने र त्यसका लागि पत्रकारको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औल्ल्याउनुभयो । सञ्चार संस्था सञ्चालन गर्दा श्रमको सम्मान गर्दे आर्थिक रुपमा सक्षम भएर मात्र सञ्चारमाध्यम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै श्रमिकले काम गरेबापत पैसा लिन अदालतमा मुद्दा हाल्न जानुपर्ने अवस्था सही नभएको उहाँको भनाइ छ ।
     
    “मिडियामा काम गर्ने अनि पैसा लिन अदालतमा गएर मुद्दा हाल्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “अदालतले आदेश दिँदा पनि श्रमजीवि पत्रकारले पैसा नपाएको अवस्था देखिएको छ ।” उहाँले श्रमिक र सञ्चालक बीच न्यायिक सम्बन्ध हुनुपर्नेमा जोड दिँदै त्यो भनेको श्रमको सम्मान भएको बताउनुभयो । 
     
    नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय तारानाथ दाहाल र डा महेन्द्र विष्टले पनि पत्रकारले आचारसंहिताको प्रभावकारी कार्यावन्यन गर्नुपर्ने विषयमा आ-आफ्नो प्रस्तुति दिनुभयो । त्यस्तै कार्यक्रममा सहभागीका तर्फबाट मिसन लुम्बिनी डट कमका प्रबन्ध संचालक रामकुमार क्षेत्रीले पत्रकारिता क्षेत्रको गरिमा  र विश्वासनीयता बढाउन पक्ष पत्रकारितालाई निरुत्साहित गर्न आवश्यक रहेको बताउनुभयो ।
    mission.jpg
     
    काउन्सिलले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन र पालना गराउने उद्देश्यले आज ४६ वटा अनलाइनका प्रकाशक र सम्पादकलाई अभिमुखीकरण गराएको छ । काउन्सिलले हालसम्म आठ सय ७६ अनलाइनलाई पत्रकार आचारसंहिताको कार्यान्वयन र पालनाका लागि अभिमुखीकरण गराइसकेको आचारसंहिता अनुगमन महाशाखाका प्रमुख रामशरण बोहराले जानकारी दिनुभयो ।

     

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend