Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रोल्पामा खोलाले बगाउदा एक जनाको मृत्यु


९, साउन २०८०
  • 148
    SHARES
  • रोल्पामा खोलाले बगाउदा एक जनाको मृत्यु

    रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा खोलाले बगाउदा एक जनाको मृत्यु भएको छ।गंगादेव गाउँपालिका-५ बथानका करिब ६५ बर्षका फौदबहादुर बुढामगरको खोलाले बगाउदा मृत्यु भएको हो।

    मंगलबार दिउसो करिब ३ बजेको समयमा गंगादेव गाउँपालिका वडा नम्बर-५ को वडा कार्यालय नजिकै खोलाले बगाएर ल्याएको अबस्थामा स्थानीयले फेला पारेको त्यहाँ बाट भुपेन्द्र घर्ती मगरले जानकारी दिनु भएको छ।स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी र स्थानीयको टोलीले शवलाई पानीबाट निकालेर पहिचान गर्दा बुढा मगर भएको घर्तीले बताउनु भएको छ।

    मृतक बुढाको शव करिब ३ किलोमीटर दुरीमा दुरको गंगादेव गाउँपालिका-५ फुलबारीको काठेपुलको मुनी अडिएको अवस्था फेला परेको थियोे । घर नजिकै खोला रहेकोले खोला तर्ने क्रममा बगाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकृत प्रकाश भुसालले जानकारी दिनु भएको छ।

    पाखापानी प्रहरी चौकीका असई योगेन्द्र कुमार पुनको कमान्डमा खटिएको प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको समेत भुसालले बताउनु भएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend