Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्विनीबाट प्रधानमन्त्री प्रचण्डले भने, बुद्ध जन्मस्थलको सम्भावना असीमित छ

लुम्विनीबाट प्रधानमन्त्री प्रचण्डले भने, बुद्ध जन्मस्थलको सम्भावना असीमित छ


२२, वैशाख २०८०
  • 196
    SHARES
  • लुम्विनीबाट प्रधानमन्त्री प्रचण्डले भने, बुद्ध जन्मस्थलको सम्भावना असीमित छ

    प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना असीमित रहेको बताएका छन् ।

    लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना असीमित रहेको बताएका छन् । शुक्रवार २५६७ औं बुद्ध जयन्तीको अवसरमा लुम्विनीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले सरकार वृहत्तर लुम्बिनी गुरुयोजनाको थालनी गर्न तयार रहेको बताएका हुन् ।

    लुम्बिनीसँगै कपिलवस्तु, देवदह, रामग्रामलाई समेटेर वृहत्तर लुम्बिनीको रुपमा वि

    Pm prachanda.jpg
    undefined

    कास गरिने उल्लेख गर्दै प्रधानमन्त्रीले तिलौराकोट पनि विश्वसम्पदा सूचीमा सुचीकृत हुने क्रममा रहेको उल्लेख गरे ।

    क्रान्ति र शान्ति एक अर्काका पूरक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसलाई बुझ्ने र ग्रहण गर्नेमा एकरुपता हुन नसकेको बताए । समारोहमा संँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनीको फोटोकपी गर्ने केही स्थानमा भएको पाईएपनि तर ती कार्य फगत मात्रै भएको जनाउँदै लुम्बिनी विकास कोषमा अनेकौं विकृति विसंगती रहेको भन्दै उनले विकृति हटाउने कुरालाई जोड दिए ।

    उनले आगामी जेठ १६ गतदेखि नेपाल वायुसेवा निगमका जहाज गौतमबुद्ध विमानस्थलबाट चल्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा बुद्ध सर्किट बनाउने अवधारणा आएपनि अघि बढ्न नसकेकाले अघि बढाउनुपर्ने बताए ।

    २५६७ औँ बुद्धजयन्ती मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले बुद्ध सर्किट निर्माणपछि संसारभरका बौद्धमार्गीलाई आकषिर्त गर्न सकिने र यसबाटै प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । बुद्ध सर्किटमा बौद्ध ध्यान केन्द्रहरु निर्माण र हरेक महिना पुजा, अनुष्ठानको माध्यमबाट संसारको ध्यान केन्द्रित गर्न सकिने बताए ।

    लुम्बिनी विकास कोषले अहिले स्थानीयलाई जोड्न नसकेको भन्दै मुख्यमन्त्रीले पर्यटकको बसाई लम्बाउन सरोकारवाला सबैसँग सहकार्य गरेर नीति बनाउन आवश्यक रहेको बताईएको छ । कोषका उपाध्यक्ष अवधेश त्रिपाठी लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किट बनाएर एकीकृत पर्यटन विकास गर्नुपर्ने बताए । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend