Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची : एक वर्षमा ७ हजार बढीले लिए नागरीकता


इ खबर
१०, साउन २०८०
  • 143
    SHARES
  • अर्घाखाँची :  एक वर्षमा ७ हजार बढीले लिए नागरीकता

    बुटवल । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पछिल्लो १ वर्षमा पाँच करोड भन्दा धेरै राजस्व संकलन गरेको छ ।

    आर्थिक बर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पाँच करोड ४२ लाख ७५ हजार दश रुपैयाँ राजस्व संकलन गरेको प्रशासकीय अधिकृत नुमलाल पन्थिले जानकारी दिए ।

    कार्यालयबाट प्रदान हुने बिभिन्न सेवाहरु, राहदानी शुल्क, न्यायीक शुल्क, परिक्षा, धरौटी, दण्ड जरीवाना बापद उक्त राजस्व संकलन भएको छ । प्रशासन कार्यालयको सूचना अनुसार सबैभन्दा धेरै राजस्व राहदानी शुल्क बापद संकलन भएको छ ।

    राहदानी शुल्क बापद ५ करोड ३८ लाख १५ हजार राजस्व संकलन भएको छ । न्यायीक दस्तुर तर्फ २४ हजार ४ सय ४० रुपौयाँ, परिक्षा शुल्क तर्फ ३ हजार ६ सय रुपैयाँ, अन्य प्रशासनीक सेवा शसल्क तर्फ २६ हजार रुपैयाँ, हातहतियारको ईजाजत दस्तुर तर्फ २६ हजार ८ सय रुपैयाँ, न्यायीक दण्ड, जरिवाना, जफत तर्फ २ हजार २ सय २० रुपैयाँ, पशासनीक दण्ड, जरिवाना, जफत तर्फ २ लाख २९ हजार ६ सय रुपैयाँ, अन्य राजस्व तर्फ १ लाख ४७ हजार ३ सय ५० रुपैयाँ गरी ५ करोड ४२ लाख ७५ हजार दश रुपैयाँ राजस्व संकलन भएको हो ।

    दैनीक २५ जना बढीले बनाउछन् राहदानी

    अर्घाखाँचीमा पछिल्लो एक वर्षमा ९ हजार ४ सय १८ जना ब्याक्तीले राहदानी बनाएका छन् ।

    जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको तथ्याङ्क अनुसार २०७९ को असारमसान्त देखी २०८० को असार मसान्तसम्ममा सामान्य सिफरीस तर्फ ८ हजार ७ सय ७९ जना र दुर्त सेवा सिफरीस तर्फ ६ सय ३९ जना गरी ९ हजार ४ सय १८ जना ब्याक्तीले राहदानी बनाएका छन् ।

    यो तथ्याङ्क अनुसार जिल्लामा दैनीक २५ जना भन्दा बढि ब्याक्तीहरुले राहदानी बनाउने गरेका छन् । पछिल्लो समय दैनिक २५–३० जनाको हाराहारीमा सेवाग्राही राहदानीका लागि कार्यालय आउने गरेका प्रशासकीय अधिकृत पन्थीले बताए ।

    केही युवापिँढी अध्ययनका लागि र केही वैदेशिक रोजगारीका लागि राहदानी बनाउन आउने गरेका छन् । उनले भने, “कार्यालयमा गत वर्षको तुलनामा यस वर्ष राहदानी बनाउन आउनेको सङ्ख्या बढ्दै गएको छ ।” उनका अनुसार कार्यालयले आर्थिक २०७९/८० को असार मसान्तसम्म ७ हजार ५ सय ५४ जनालाई राहदानी बितरण गरीएको छ ।

    एक वर्षमा ७ हजार बढीले लिए नागरीकता

    जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आर्थिक वर्ष २०७९/८० मा ७ हजार ६ सय १६ नेपाली नागरिकता वितरण गरेको छ ।

    कार्यालयले वंशजका आधारमा ७ हजार पाँच सय ९९ र वैवाहिक अङ्गीकृत १७ गरी कूल ७ हजार ६ सय १६ नागरिकता वितरण गरेको हो ।

    त्यसैगरी, कार्यालयबाट १० हजार ६ सय ७८ जनाले नागरीकताको प्रतिलिपि लिएका छन् ।आर्थिक वर्ष २०७९/८० को असार मसान्त भित्र नाबालक परिचयपत्र १७८ लाई प्रदान गरिएको छ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend