Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हिरासतमा रहेका शेर्पाको कसरी लाग्यो टाउकोमा चोट ?


२, जेठ २०८०
  • 134
    SHARES
  • हिरासतमा रहेका शेर्पाको कसरी लाग्यो टाउकोमा चोट ?

    काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा परेका नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाको टाउकोमा चोट लागेर उपचार गरिएको छ । सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका शेर्पाको टाउकोमा चोट लागेपछि आज बिहान ट्रमा  सेन्टरमा उपचार गरिएको हो । उनलाई प्रहरीले आज बिहान ४ बजे उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएको थियो । उपचारपछि शेर्पालाई हिरासतमा राखिएको छ । 

    प्रहरीले शेर्पा शौचालयमा लडेका कारण टाउकोमा चोट लागेको बताएको छ। शेर्पाले सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौमा पुगेर आत्मसमर्पण गरेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री खाँणलाई जोगाउन भन्दै सरकारी वकिलको कार्यालयमा पुगेका थिए । अन्य पक्राउ परेकासँग पूर्व गृहमन्त्री खाँण लगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पामाथि अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो।  

    शेर्पालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेपछि फरार भएका थिए । उनी फरार भएपछि प्रहरीले खोजतलास गर्दै आएको थियो । त्यसपछि उनले सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौमा पुगेर आत्मसमर्पण गरेका थिए । हालसम्म प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा १४ जना पक्राउ परिसकेका छन् भने दुई जना अझै फरार छन् । एमाले उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा र इन्द्रजित राईका छोरा पक्राउ पर्न बाँकी छ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend