Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीमा काँग्रेसको ठूलो अभियान


२, जेठ २०८०
  • 112
    SHARES
  • लुम्बिनीमा काँग्रेसको ठूलो अभियान

    बुटवल। नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीले मुलुकका हरेक महत्वपूर्ण परिवर्तनहरुमा ठूलो योगदान गरे पनि त्यसका विषयमा जनतालाई बझाउन नसकेको बताएका छन् । लुम्बिनी प्रदेशको प्यूठानमा भएको कांग्रेसको तीन दिने विशेष प्रशिक्षणका क्रममा बोल्दै नेता राठौरले काँग्रेसका नेतालाई समयानुसार सुधारेर लग्नुपर्ने बेला आएकोले बताए ।

    उनले पार्टीभित्र अनुशासनको कमी आएकाले प्रणालीमै विकास गर्नुपर्ने बेला आएको बताए । राठौरले उपनिर्वाचनको परिणाम र त्यसबारे  पार्टीका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शमालाई लक्षित गर्दै भने, ‘उपनिर्वाचनमा उहाँहरुलाई खटाएका थियौँ, परिणाम हाम्रो अनुकुल आएन, त्यसकारण व्यक्तिगत प्रभावले मात्रै परिणाम राम्रो आउँदैन भन्ने देखियो, अब यस्ता गल्तीहरु सच्याउनुपर्छ । लोकतन्त्र र विकास बाहेक केही नपाएका तल्लोस्तरका भुइँमान्छेको अभिभावक बनेर अगाडि बढ्नुको विकल्प कांग्रेससँग छैन ।’

    लुम्बिनी प्रदेशका १२ जिल्लाका अगुवा नेपाली काँग्रेस कार्यकर्तालाई प्रशिक्षक बनाएर जिल्ला जिल्लामा पठाउने काममा प्रदेश काँग्रेस अहिले अहोरात्र खटिइरहेको छ । सो क्रममा प्रदेश प्रशिक्षण विभागको यो अभियान १४ औं महाधिवेशन पछिको देशकै पहिलो अभियान भएको बताइएको छ । पार्टीका हरेक कार्यकर्तामा देखिएको नैराश्यतालाई कम गर्न यो कार्यक्रम प्रभावकारी हुने लुम्बिनी प्रदेशका सभापति अमर पुनको दाबी छ । 

    सभापति पुनले भने, ‘अब पार्टीका हरेक कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्छ, अनि मात्र काँग्रेसप्रति युवा पुस्ताको आकर्षण बढ्छ । लुम्बिनी प्रदेशकै पवित्र प्यूठानको भूमिस्वर्गद्वारीमा बैशाख २९, ३० र ३१ गते तीन दिनसम्म चलेको प्रशिक्षक प्रशिक्षण तालिममा केन्द्रीय नेताहरु र अब्बल प्रशिक्षकहरुले जिल्लाको प्रशिक्षण विभाग र प्रशिक्षक बन्ने सोचका साथ सहभागी भएका १ सय ५० जना नेतालाई काँग्रेसको नीति, कार्यक्रम र भावी योजनाका विषयमा प्रशिक्षित गरेका हुन् । 

    प्रशिक्षणमा मुलुकको वर्तमान राजनैतिक परिदृश्य र भ्रष्टाचारको आरोप लागेका घटनाहरुको पनि खुलेर समीक्षा गरिएको प्रदेश प्रशिक्षण विभागका प्रमुख भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । 

    सहभागीहरुले जिल्लालाई केन्द्र र प्रदेशले दिएका निर्देशनलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने, नीति अधिवेशन, भ्रातृ संस्थाहरुको विस्तार, युवा परिचालन, पुराना नेताहरुको सम्भानमा कमी आउन नदिने खालका कार्यक्रमलाई पार्टी तल्लो तहसम्म प्रभावकारी बनाएर लग्ने विषयमा जोडदार माग गरिएको श्रेष्ठले जानकारी दिए ।  प्रशिक्षणमा काँग्रेसका केन्द्रीय सदस्यद्धय मधु आचार्य र डा। गोविन्दराज पोखरेलले वर्तमान राजनीतिक अवस्था र पार्टीले अब चाल्नुपर्ने अर्थनीतिका विषयमा बहस चलाए । 

    प्रशिक्षणमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य तथा प्रदेश सांसद निमा गिरी, युवा नेता गुरुराज घिमिरे, प्रशिक्षण प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य विरेन्द्र शाह, तीर्थ पौडेल लगायतले आवासीय प्रशिक्षण दिए  ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend