Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन


८, मंसिर २०८२
  • 92
    SHARES
  • बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

    काठमाण्डाै – बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र देओलको ८९ वर्षको उमेरमा निधन भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेताप्रति श्रद्धाञ्जली अर्पण गर्दै धर्मेन्द्रको निधनले ‘भारतीय सिनेमामा एक युगको अन्त्य भएको’ बताउनुभएको छ ।

    केही समयदेखि स्वास्थ्य समस्यासँगको सामाना गरिरहेका धर्मेन्द्रको मुम्बईमा रहेको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    दुई हप्ताअघि मात्रै उनलाई अस्पतालबाट घर फिर्ता ल्याइएको छ । अहिले बलिउड चलचित्रकर्मीले धर्मेन्द्रलाई सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन् ।

    सन् १९६० देखि अभिनय यात्रा शुरू गरेका धर्मेन्द्रले ३०० भन्दा धेरै चलचित्रमा काम गरेका छन् । सन् १९७५ को ब्लकबस्टर चलचित्र ‘शोले’ मा वीरूको रूपमा परिचित उनले आफ्नो अभिनयमार्फत दशकौंसम्म दर्शकहरूलाई मोहित पारे ।

    यस्तै उनका ‘धर्म वीर’, ‘प्रतिज्ञा’, ‘फूल और पत्थर’, ‘चुपके चुपके’ जस्ता चलचित्रहरू पनि चर्चित छन् । धर्मेन्द्रलाई दर्शकहरूले रोमान्टिकदेखि एक्शन हिरोसम्मको भूमिकामा मन पराएका छन् ।

    यसैबीच देओल परिवार धर्मेन्द्रको अन्तिम संस्कारका लागि पवन हंश आर्यघाटमा पुगेका छन् ।

     

    अन्तिम अपडेट: मंसिर ८, २०८२

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend